Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

डेक्स

डेक्स

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश
ADVERTISEMENT

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंशवण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले विपक्षीहरूका नाममा परमादेश र निर्देशनात्मक आदेश जारी गरेको छ ।

माननीय न्यायाधीशद्वय मदन पोखरेल र सकुन्तला घिमिरेको संयुक्त इजलासबाट मिति २०८३ साल असार ३२ गते उक्त दूरगामी महत्त्वको फैसला भएको हो । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका सूचना अधिकारीरशाखा अधिकृत बल बहादुर बिष्टका अनुसार, रिट निवेदक अगनीया थारु समेतले भूमि सुधार तथा मालपोत कार्यालय समेतलाई विपक्षी बनाई गत २०८२ बैशाख २८ गते दायर गरेको सार्वजनिक सरोकारको रिट निवेदन ९उत्प्रेषण तथा परमादेश० मा अदालतले उक्त आदेश सुनाएको हो ।

फैसलाको मुख्य ठहर 
अदालतको आदेशमा रिट निवेदकहरूले मुक्त कमैया वा सुकुम्वासीको हैसियतले प्राप्त गरेको जग्गाको सम्बन्धमा एकासगोलका परिवारहरू अंशवण्डा गर्न आएमा वा जग्गा दर्तावालाको शेषपछि अपुतालो हक कायम भई नामसारी दाखिल खारेज गर्न आएमा कानुन बमोजिमको प्रक्रिया पूरा गरेको देखिएमा जे बुझ्नुपर्ने हो बुझी सो सम्बन्धी लिखत रजिष्ट्रेशन वा दाखिल खारेज गरिदिनू भनी विपक्षी मध्येका तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालय र हाल भूमि प्रशासन कार्यालय बाँके, कोहलपुरको नाममा परमादेशको आदेश जारी हुने ठहर गरिएको छ ।

यसैगरी, रिट निवेदक मध्येका केही निवेदकहरूले नेपाल सरकारद्वारा गठित विभिन्न समयका आयोगहरूबाट जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गरेको भए तापनि सो अद्यावधिक नभएको र केही निवेदकहरूले सुकुम्वासी तथा भूमिहीनको हैसियतले आवासका लागि समेत जग्गा प्राप्त गर्न नसकेको भन्ने जिकिर रहेको सन्दर्भमा अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।

उक्त आदेशमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी निवेदकहरूले प्राप्त गरेको जग्गाधनी प्रमाणपूर्जाको अद्यावधिक गर्ने र जग्गा प्राप्त नगरेका भूमिहीन सुकुम्वासीहरूका लागि निजहरूलाई बसोबास गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि पहल गर्नू भनी विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो ।

रिटको पृष्ठभूमि 
सरकारले कमैयाहरूलाई जग्गा उपलब्ध गराउँदा कम्तीमा १० वर्षसम्म हक हस्तान्तरण, बेचबिखन, दानदातव्य वा धितो बन्धक राख्न नपाइने शर्त राखेको थियो । तर, वि।सं। २०५८ सालमा जग्गा पाएका कमैयाहरूले २३ वर्ष व्यतीत भइसक्दा समेत सो जग्गाको बेचबिखन, कर्जा धितो बन्धक वा व्यावहारिक कारोबार गर्न नपाएपछि नेपालको संविधान प्रदत्त पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न पाउनुपर्ने मागसहित कानूनी लडाईं सुरु गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं। २ मुक्तिनगरका सिताराम थारु, अगनीया थारु, सिमा थारु लगायतका मुक्त कमैयाका अगुवाहरू तथा २५० भन्दा बढी पीडितहरूले आ(आफ्नो लालपुर्जा र कागजातसहित अधिकारकर्मी र कानून व्यवसायी समक्ष कानूनी सहयोगका लागि अनुरोध गरेका थिए ।

पीडितहरूले इन्सेक कार्यालयमा पुगेर इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानून व्यवसायी समूहका सचिव एवं एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, कोषाध्यक्ष अधिवक्ता बल बहादुर चन्द, सदस्यहरू अधिवक्ता विकास आचार्य र केवल सिंह थारुलाई फाइल हस्तान्तरण गरेका थिए ।

तसर्थ, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, सार्वजनिक सरोकार कानून व्यवसायी समूह, एडभोकेसी फोरम नेपाल,  र मुक्त कमैयाहरूको तर्फबाट गत वैशाख २८ गते संयुक्त रूपमा सार्वजनिक सरोकारको रिट दायर गरिएको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश पुनम सिंह चन्दको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

विपक्षी बनाइएका निकायहरू र मागदाबी 
मुक्त कमैयाहरूको साम्पत्तिक अधिकार कुण्ठित गरिएको भन्दै दायर गरिएको यस मुद्दामा निवेदकहरूले भूमि सुधार तथा मालपोत कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर बाँके र नापी कार्यालय बाँकेलाई विपक्षी बनाएका थिए ।

यसैगरी, लुम्बिनी प्रदेश सरकार अन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका ९देउखुरी० दाङ्ग, स्वयं मुख्यमन्त्री, लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय राप्ती उपत्यका ९देउखुरी० दाङ्ग, र आन्तरिक मामिला तथा कानून मन्त्रालय राप्ती उपत्यका ९देउखुरी० दाङ्ग समेतलाई यस मुद्दामा विपक्षी बनाई कानूनी उपचार खोजिएको थियो ।

उक्त रिट निवेदनमा १० वर्षे अवधि ९शर्त० पूरा भइसकेका जग्गाको हकमा जग्गाधनीले आफ्ना नाउँमा दर्ता कायम भएको जग्गा बेचबिखन, हक हस्तान्तरण, अंशवण्डा र धितो बन्धक समेत राख्न पाउने गरी उपयुक्त व्यवस्था गर्न र सो अधिकारबाट वञ्चित गर्ने कार्य नगर्नरनगराउन परमादेश माग गरिएको थियो ।

साथै, अस्थायी पूर्जा पाएकाहरूलाई स्थायी जग्गाधनी प्रमाणपूर्जा दिन तथा नागरिकको साम्पत्तिक अधिकारमा रोक लगाउने गरी जारी भएका कुनै पनि निर्णय, पत्राचार, निर्देशन वा परिपत्र भए सो असंवैधानिक एवं गैरकानूनी हुने भएकाले उत्प्रेषणको आदेशद्वारा बदर र निष्क्रिय घोषित गर्न माग गरिएको थियो ।

पीडितको आवाज र बहस पैरवी 
यसअघि कांग्रेस, एमाले र माओवादीका जनप्रतिनिधिहरूले चुनावका बेला हक दिलाउने भनी पटक(पटक भाषण गरे तापनि व्यावहारिक काम नभएपछि अधिकारकर्मी गुहार्न बाध्य भएको मुक्त कमैयाका अगुवा अगरिया थारुले बताउनुभयो ।

यस्तै, पीडित श्याम दयाल थारुले लामो समयदेखि स्थानीय तह, प्रदेश, संघीय सरकार र मालपोत कार्यालयमा लिखित तथा मौखिक अनुनय(विनय गर्दा समेत सुनुवाइ नभएकाले अदालतको ढोका ढकढक्याउनु परेको दुखेसो पोख्नुभयो । केही महिना पहिले स्थलगत अध्ययनका लागि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका कमैया बस्तीमा पुगेका प्रदेश सांसद, कानून व्यवसायी र अधिकारकर्मीहरूको टोली समक्ष पनि पीडितहरूले आफ्नो पीडा राखेका थिए ।

उक्त मुद्दाको अन्तिम सुनुवाइमा रिट निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिल कुमार श्रेष्ठ र लोक बहादुर शाह, तथा अधिवक्ताहरू बसन्त गौतम, बिश्वजित तिवारी, विकास आचार्य, बल बहादुर चन्द, सुरेश कुमार गौतम, केवल सिंह थारु र सुनिता शर्मा लगायतले सशक्त बहस पैरवी गर्नुभएको थियो । अदालतको यस आदेशले वर्षौंदेखि अधिकारविहीन बनाइएका मुक्त कमैया र सुकुम्वासीहरूमा न्यायको रक्तसञ्चार गराएको छ ।

बहशमा रिट निवेदक इन्सेक प्रदेश संयोजक भोला महत लगायत मुक्त कमैयाहरु अगनिया थारु, सिताराम थारु लगायत ठुलो संख्यामा मुक्त कमैयाहरुको उपस्थित थिए । रिट निवेदकहरुले माग दावी बमोजिम मुक्त कमैयाहरुको पुर्ण साम्पत्तिक अधिकार स्थापित नभएता पनि आंशिक रुपमा माग सम्बोधन गरेको मुक्त कमैयाका अगुवा अगनिया थारुले प्रतिक्रिया दिए ।

अदालतले माग बमोजिम बेचबिखन र धितो बन्धकीका बिषयमा आदेश नगरेकाले यस बिषयमा निरन्तर वकालत र पैरवी जारी रहने थारुले बताए ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…