Pairabi logo

असोज २६, २०८३, सोमबार                    

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

डेक्स

डेक्स

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक
ADVERTISEMENT

पवन जायसवाल 
बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको १३औं बैठकले विभिन्न निर्णय गरेको छ ।

उक्त अवसरमा नेपालका सर्वाधिक रक्तदाता, शतक रक्तदाता, १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । 

राजापुर नगरपालिका वार्ड नं.–४ स्थित डायमण्ड होटेलमा आयोजित स्वागत कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिको समन्वयमा स्वागत गरिएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका सचिव श्यामलाल थारु प्रतीकद्वारा सञ्चालित बर्दिया शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाई र उप– नगर प्रमुख मनकला चौधरीले अबीर लगाएर स्वागत गर्नुभएको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका अध्यउक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…