Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डेक्स

डेक्स

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम
ADVERTISEMENT

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन तालिम सञ्चालन गरेको छ ।

डुडुवा गाउँपालिका रोजगार, सीप तथा उद्यमशिलता केन्द्र शाखाले संचालन गरेको तालिममा वैदेशिक रोजगारीबाट फर्किएका करिब ४० जना युवाहरुको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवा सुविधाबारे जानकारी प्रदान गरिएको थियो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उद्यमशीलता विकासमार्फत आयआर्जन वृद्धि, स्थानीय उत्पादन प्रवद्र्धन तथा आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

तालिममा उद्यम सञ्चालन गर्दा देखिने चुनौती, जोखिम व्यवस्थापन, बजारको आवश्यकता अनुसार व्यवसाय छनोट तथा सफल उद्यमी बन्न आवश्यक व्यवहारिक सीपका विषयमा रविन्द्रकुमार ज्ञवालीले सहजीकरण गर्नुभएको छ । सहभागीहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै स्वदेशमै उद्यम सञ्चालन गर्ने आत्मविश्वास बढेको बताएका थिए । 

वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न सहयोग पुग्ने रोजगार संयोजक अल्का मिश्रले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा उद्यम स्थापना, वित्तीय पहुँच, बजारसँगको समन्वय तथा व्यवसाय विस्तारका लागि आवश्यक परामर्श र सहजीकरणलाई समेत निरन्तरता दिइने छ । तालिम दुई दिनसम्मा चल्ने छ ।

 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…