Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

डेक्स

डेक्स

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
ADVERTISEMENT

नेपालगन्ज २० असार । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगन्ज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

प्रतिवेदन अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७ सय ९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए । 

ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले जानकारी दिनुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले व्यक्ति  स्वस्थ रहन खोप अभियान अनिवार्य रहेको भन्दै खोप लगाएर बालबालिकालाई जटिल रोगहरुबाट बचाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीले स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण खम्बा महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै पूर्ण खोप सुनिश्चितता तथा दिगो घोषणाका निमित्त महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका सबैभन्दा बढी रहेको बताउनुभयो। 

स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि खोप अनिवार्य रहेको बताउनुभयो । लुम्बिनी प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेकी उनले लुम्बिनी प्रदेशमा शिशु मृत्युदर पनि बढी रहेकाले सबै बालबालिकालाई खोपको दायरामा ल्याएर मृत्युदर घटाउन पनि खोप कार्यक्रम उपयोगीपूर्ण रहेको बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश श्रेष्ठले बाँके खुल्ला सिमाना भएको र तीब्र बसाइँसराइका कारण सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन चुनौतीपूर्ण रहेको बताउनुभयो। महिला स्वास्थ्य स्वयंसेविका संघ बाँकेका अध्यक्ष प्रेमा शाहीले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले उचित सेवा सुबिधा नदिएपनि आफ्नो दायित्व पूर्णरुपमा निर्वाह गरेको बताउनुभयो । 

जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादु बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, साझेदार संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…