Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डेक्स

डेक्स

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण
ADVERTISEMENT

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि तथा स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण दिइएको हो । 

डुडुवा गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधी, कर्मचारी तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम न्यायिक समितिको अधिकार क्षेत्र, उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, विवाद समाधानका कानुनी आधार, निर्णय लेखन, अभिलेख व्यवस्थापन तथा न्याय सम्पादनका व्यावहारिक पक्षका बारेमा अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । 

समापन कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले न्यायिक समितिलाई स्थानीय सरकारको प्रभावकारी न्यायिक संयन्त्रका रूपमा विकास गर्न यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै न्याय सम्पादन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउन सबैले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

न्यायिक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूलाई मेलमिलाप तथा कानुनी प्रक्रियामार्फत छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमले न्यायिक समितिको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा न्यायमा नागरिकको पहुँच बढाउने, विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउने तथा सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको गाउँपालिका न्यायिक समितिका विबेक तिवारीले जानकारी दिनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…