Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कर सचेतनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

डेक्स

डेक्स

कर सचेतनामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
ADVERTISEMENT

नेपालगन्ज, असार । आन्तरिक राजश्व कार्यालय नेपालगन्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा सञ्चारकर्मीहरूसँग करसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत उदयराम केसीले नेपालको कर प्रणाली, करदाताको अधिकार र दायित्व, आयकर, मूल्य अभिवृद्धि कर, विद्युतीय कर प्रणाली, प्यान, कर विवरण बुझाउने प्रक्रिया तथा पछिल्लो समय भएका कानुनी व्यवस्थाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । 

उहाँले आर्थिक विधेयक २०८३, नयाँ कर व्यवस्था, करदातालाई प्रदान गरिएका छुट तथा सहुलियत, कर सम्बन्धी कानुनी व्यवस्था र सञ्चारकर्मीको भूमिकाबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए ।

प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले कर तिर्नु प्रत्येक नागरिक र व्यवसायीको कानुनी दायित्व मात्र नभई राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै समयमै कर विवरण तथा कर भुक्तानी गर्न आग्रह गर्नुभयो । कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यअनुसार विभिन्न विद्युतीय सेवाहरू विस्तार गरिएको जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले सही र तथ्यपरक करसम्बन्धी सूचना आमनागरिकसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कर सचेतना अभिवृद्धिका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कर प्रशासनसँग सम्बन्धित व्यवहारिक समस्या, सूचना प्रवाह, पत्रकारको करसम्बन्धी दायित्व, अनलाइन प्रणालीको प्रयोग, साना व्यवसायीका चुनौती तथा कर शिक्षा विस्तारका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।  
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…