Pairabi logo

मंसिर १२, २०८३, शुक्रबार                    

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित

डेक्स

डेक्स

जानकीको ६९ करोड ५६ लाखको बजेट पारित
ADVERTISEMENT

बाँके, १० असार । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गाउँपालिकाले आगामी वर्षका लागि महत्वाकांक्षी योजना अघि सारेको हो।

गाउँसभाको २०औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गर्नुभएको बजेट सभाबाट सर्वसम्मत रूपमा पारित भएको हो। कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक तथा विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडबाट १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

बजेटमा आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ११ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडा नं। १ का अध्यक्ष मोहम्मद रजा राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, श्रम तथा रोजगार, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, राजस्व परिचालन तथा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिका प्रवक्ता टिका नाथ यादवले गाउँसभामा उपस्थित जनप्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गर्दै समृद्ध जानकी निर्माणका लागि सुशासन, विकास र नागरिकमैत्री सेवा प्रवाहमा सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तथा सदस्य सचिव परशुराम उपाध्यायले पारित नीति तथा कार्यक्रम र बजेटले गाउँपालिकाको समग्र विकासलाई गति दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

योजना शाखा प्रमुख शोभा पौडेलले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म चालुतर्फ २८ करोड ६० लाख ९ हजार ३८ रुपैयाँ र पुँजीगततर्फ ७ करोड ४९ लाख ९ हजार २६८ रुपैयाँ गरी कुल ३६ करोड ९ लाख १८ हजार ३०६ रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै सोही भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरिएको छ। साथै वडा नं। ३, ४ र ५ मा बर्थिङ सेन्टर सञ्चालनको तयारीसमेत पूरा भएको उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जानकारी दिनुभयो। कार्यक्रममा गाउँपालिकाका छवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

यो पनि

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…