Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण

डेक्स

डेक्स

बैजनाथका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण, १३ बुंदे कार्ययोजना निर्माण
ADVERTISEMENT

बैजनाथ (बाँके) ६ असार । बाँके बैजनाथ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाको प्रभावकारिता, गुणस्तर तथा सेवाग्राहीको सन्तुष्टि मापन गर्न सामाजिक परीक्षण महत्वपूर्ण औजारको रूपमा मानिन्छ । 

सार्वजनिक सेवा प्रवाहको पारदर्शिता, जवाफदेहिता, सहभागिता तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले सामाजिक परिक्षण गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले पालिका अन्र्तगत ८ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरेको हो । 

परिक्षणका क्रममा स्वास्थ्य संस्थाहरुको सेवा गुणस्तरिय तथा प्रभावकारी रहेको र स्वास्थ्य व्यवस्थापन समितिलाई अझ सक्रिय बनाई स्थानीयको भुमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताइएको छ । 

सामाजिक परिक्षणको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमका सहभागीले स्वास्थ्य संस्थाका सेवालाई स्तरउन्नती गरी प्रभावकारी सेवा प्रवाह गर्न जोड दिदै त्यसका लागि स्थानीय सरकारले विशेष बजेट तथा कार्यक्रम निमार्ण गर्नुपर्ने बताएका थिए । कार्यक्रममा अवध मिडिया सेन्टरका प्रबन्ध निर्देशक राकेशकुमार मिश्रले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा स्वास्थ्य संस्थाहरुमा विरामीका लागि प्रतिक्षालय निमार्ण, शौचालय, खानेपानी, खोप केन्द्र थप, भौतिक पुर्वाधार निर्माण, उपकरण थप, एम्बुलेन्स संचालन तथा व्यवस्थापन, समुदायस्तरिय स्वास्थ्य शिक्षा लगायतका १३ बुंदे कार्ययोजना निमार्ण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले परिक्षणका क्रममा देखिएका समस्यालाई समाधान गर्न निमार्ण गरिएको कार्ययाजनालाई कार्यन्वयनमा ल्याउने प्रतिबद्धता गर्नुभयो । उहाँले विकास निमार्णसंग ठुलो लगानीको कार्यका लागि बहुवर्षिय रुपमा योजना ल्याउने र सामान्य समस्यलाई तत्काल समाधान गर्ने बताउनुभयो । 

कार्यक्रममा वडा अध्यक्षहरु प्रेमबहादुर शाही, राजु रुचाल ठकुरी, देवबहादुर रावत, स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही स्वास्थ्य केन्द्रका प्रमुखहरुले आ–आफनो धारणा व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…