Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा

डेक्स

डेक्स

बर्दियाका तीन पालिकामा ‘एक घर, एक पढाइ कुनायुक्त’ घोषणा
ADVERTISEMENT

बर्दिया । बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा बर्दिया जिल्लाका तीन पालिकाका एउटा वडा र दुई वटा टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा/टोल” क्षेत्र घोषणा गरिएको छ ।

क्लबले संचालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल र मधुवन नगरपालिका–२ को बंगलिपुर र सुन्दरपुर टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा÷टोल” क्षेत्र घोषणा गरिएको हो । 

बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने, घरमै अध्ययनमैत्री वातावरण सिर्जना गर्ने तथा अभिभावकको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानको वडा टोल घोषणा कार्यक्रमहरुमा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, किशोरी, बिद्यार्थि तथा युवा समूहका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बढैयाताल गाउँपालिकामा सम्पन्न वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा नं। ७ का अध्यक्ष राधेश्याम थारु, शिक्षा शाखाका प्रमुख, नेपाल प्रहरीका अधिकृत, पत्रकार, विद्यालयका प्रतिनिधि तथा बाँके युनेस्को क्लबका सह–अध्यक्ष सिराज खान, प्राविधिक सल्लाहकार बिनय दिल लामा र उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष त्रिपाठी, उपाध्यक्ष अधिकारी र वडा अध्यक्ष थारुले बाँके युनेस्को क्लब र प्लानको सहयोगमा बर्दिया जिल्लामै पहिलो एक घर, एक पढाइ कुनायुक्त वडा घोषणा गर्न पाउनु गौरवको बिषय भएको बताउनुभयो । 

यसैगरि गुलरिया नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा नगरपालिकाका उपप्रमुख सावित्री गौतम, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद थारु, वडा अध्यक्ष रामकुमार थारु, प्रधानाध्यापक श्रीप्रसाद सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

सोही प्रकारले मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, महिला शाखाका इन्द्रा चुनारा, मधुवन २ का वडा अध्यक्ष आशाराम थारु, विभिन्न शाखाका प्रतिनिधि, वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति सदस्य तथा विद्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

घोषणा कार्यक्रमहरुमा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माले “एक घर, एक पढाइ कुना” घोषणा प्रक्रियाबारे जानकारी गराउँदै अभिभावक शिक्षाको महत्व र बालबालिकाको समग्र विकासमा अभिभावकको सक्रिय भूमिकाबारे सहजीकरण गरेका थिए । 

कार्यक्रममा अभियानअन्तर्गत घर–घरमा निर्माण गरिएका पढाइ कुनाहरूको प्रगति तथा उपलब्धिहरू प्रस्तुत गरिएको थियो । यस्ता पढाइ कुनाहरूले बालबालिकामा अध्ययन बानीको विकास, सिर्जनशीलता अभिवृद्धि तथा परिवारभित्र सकारात्मक अन्तरक्रिया बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका थिए ।

घोषणा समारोहका अवसरमा अभियानलाई सफल बनाउन योगदान पु¥या उने विद्यालय, किशोरी समूह, युवा क्लब, सामाजिक अगुवा तथा अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।कार्यक्रमको सफल कार्यान्वयनमा फिल्ड सुपरभाइजरहरू भगवती बी।के।, नग्मा मनिहार लगायत किशोरी तथा युवा समूहका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।

“हरेक घरमा पढाइको वातावरण, हरेक बालबालिकाका लागि सिकाइको अवसर” भन्ने मूल सन्देशसहित संचालन गरिएको सो अभियानले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाएको पाईएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…