Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

डेक्स

डेक्स

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श
ADVERTISEMENT

नेपालगन्ज २९ जेठ । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव तथा परामर्श गरिएको छ । 

डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निमार्ण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत गरिएको मस्यौदामाथी पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए । 

स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताउनुभयो । 

कार्यक्रममा स्थानीय सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध तथा जनउत्तरदायी सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागीले यस्तो छलफलले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक, समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै सञ्चार नीतिलाई समयसापेक्ष, व्यावहारिक र सञ्चारमैत्री बनाउन आवश्यक सुझावहरू दिएका थिए । 

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले पत्रकार तथा सञ्चार गृहको हित हुने गरी सञ्चार नीति बनाउने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा पालिकाका सूचना अधिकारी तथा मस्यौदा निमार्ण समितिका सदस्य सचिव सञ्जयकुमार कर्ण, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका समितिका संयोजक नविन गिरी, समिति सदस्य प्रियास्मृति ढकालले नीतिमा भएका विषयबस्तुका बारेमा जानकारी गराउनुभएको थियो । 

परामर्श कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, पूर्व अध्यक्षहरु निरज कुमार गौतम, प्रेम के.सी., झलक गैरे, सामुदायिक रेडियो प्रशारक संघक केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारी तथा पत्रकारहरू डक्ट धिताल, कमल न्यौपाने, शंकर प्रसाद खनाल, कुमार श्रेष्ठ, विश्वराज पछ्लडंग्या, अर्जुन ओली, रूपनी जिएम, रेजिना मल्ल, रूपा गहतराज, शकिल अहमद कादरी, भिष्म लोध, सविता चन्द लगायतले सुझाव दिनुभएको थियो ।

पालिकाले मिडिया नीति निमार्णका लागि पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीको संयोजकत्वमा पालिकाबाट सूचना अधिकारी सञ्जयकुमार कर्ण सदस्य सचिव र विज्ञ सदस्यमा पत्रकार राकेशकुमार मिश्र र प्रियास्मृति ढकाल रहनुभएको छ ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…