Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियाका युवा महिलालाई व्यवसायका लागि स्टार्ट–अप सहयोग

डेक्स

डेक्स

बर्दियाका युवा महिलालाई व्यवसायका लागि स्टार्ट–अप सहयोग
ADVERTISEMENT

बर्दिया २३ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका ३० जना युवा महिला उद्यमीहरूलाई उद्यम गर्न स्टार्ट–अप ९अनुदान० सहयोग प्रदान गरिएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो सहयोग प्रदान गरेको हो । युवा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा हरित उद्यममार्फत दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको क्लबले जनाएको छ । 

ठाकुरबाबा नगरपालिका–९ मा पशुपालनसम्बन्धी १८० घण्टे सीप विकास तालिम पूरा गरेका १५ जना युवा महिलालाई क्यास भौचर असिस्टेन्स प्रणालीमार्फत आवश्यक सामग्री तथा उपकरण वितरण गरिएको हो । लाभग्राहीमध्ये ८ जना बाख्रापालन र ७ जना बंगुरपालन व्यवसायमा आबद्ध छन् ।

प्रत्येक उद्यमीलाई  ४३ हजार ७८० रुपियाँ बराबरको सामग्री सहयोग प्रदान गरिएको परियोजनाले जनाएको छ । यसैगरी, राजापुर नगरपालिकामा पनि १५ जना युवा महिला उद्यमीलाई कुखुरापालन, बाख्रापालन तथा बंगुरपालन व्यवसाय सञ्चालनका लागि स्टार्ट–अप सहयोग उपलब्ध गराइएको छ । सहयोग प्राप्त गर्नेहरूमा ४ जना कुखुरापालन, ४ जना बाख्रापालन तथा ७ जना बंगुरपालन व्यवसायमा संलग्न रहेका छन् ।

कार्यक्रमको मुख्य उद्देश्य युवा महिलाहरूलाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक स्वतन्त्रता हासिल गराउनुका साथै असमानता, लैङ्गिक हिंसा तथा बालविवाह न्यूनीकरणमा टेवा पु¥याउनु रहेको आयोजकले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकामा आयोजित वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीको अध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नं। ९ की सदस्य सविता थापा, क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना प्रमुख राधेकृष्ण थारु तथा फिल्ड सुपरभाइजर कञ्चन दहित लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, राजापुर नगरपालिकामा आयोजित कार्यक्रममा वडा अध्यक्ष असराज न्यौपाने, वडा नं। ५ का वडा अध्यक्ष रमेश दहित, क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, परियोजना प्रमुख राधेकृष्ण थारु तथा फिल्ड सुपरभाइजर सञ्जिता रिजाल सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष असराज न्यौपानेले युवा महिलाहरूलाई आत्मविश्वासका साथ आफ्ना उद्यम सञ्चालन गरी आत्मनिर्भर र सम्मानजनक जीवन निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले युवा उद्यमशीलता प्रवद्र्धन तथा वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको प्रयासको प्रशंसा गर्नुभयो । 

परियोजना प्रमुख राधेकृष्ण थारुले प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्दै व्यवसायलाई सफल बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो । साथै, परियोजनाले भविष्यमा पनि उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

हरित उद्यम प्रवद्र्धन तथा महिला आर्थिक सशक्तीकरणका लागि सञ्चालन गरिएको यो पहलले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने  विश्वास गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…