Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै

डेक्स

डेक्स

डिजिटल वित्त तथा लेखा व्यवस्थापन तालिममार्फत युवाहरु सशक्त बन्दै
ADVERTISEMENT

बर्दिया जेठ १६ ।  डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी वित्तीय व्यवस्थापन सम्बन्धि पाँच दिने तालिम बर्दियामा सम्पन्न गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो । 

युवाहरूको वित्तीय साक्षरता, डिजिटल वित्तीय ज्ञान तथा लेखा व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका १८ देखि २८ वर्ष उमेर समूहका १०० जना युवायुवतीहरूको सहभागिता रहेको थियो । 

सहभागीमध्ये ५० जना मधुवन नगरपालिका तथा ५० जना ठाकुरबाबा नगरपालिकाका युवा रहेका थिए । तालिमका सहजकर्ता विनय दिल लामाले अन्तरक्रियात्मक तथा समूहमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई व्यवहारिक लेखा व्यवस्थापन, डिजिटल वित्तीय उपकरणहरूको प्रभावकारी प्रयोग तथा जिम्मेवार वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले परियोजनाको उद्देश्य र युवाको आर्थिक सशक्तीकरणमा वित्तीय व्यवस्थापन सीपको महत्वबारे जानकारी गराउनुभएको थियो भने फिल्ड अधिकृतहरू सुनिता चौधरी र सृजना थारुले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सक्रिय सहयोग गर्नुभएको थियो ।

तालिमले युवाहरूमा पारदर्शी, जवाफदेही तथा दिगो वित्तीय अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । वित्तीय व्यवस्थापनका आवश्यक ज्ञान र सीप प्रदान गरेर युवाहरूलाई आत्मनिर्भर, उद्यमशील तथा आर्थिक रूपमा सशक्त बनाउन यति परियोजनाले निरन्तर सहयोग पु¥याउँदै आएको छ ।

सो तालिमले युवाहरूमा आर्थिक अनुशासन, डिजिटल वित्तीय सेवाको प्रयोग तथा उद्यम सञ्चालनका लागि आवश्यक लेखा व्यवस्थापन क्षमता विकास गरी स्थानीय स्तरमा नेतृत्व र उद्यमशीलता प्रवद्र्धन गर्ने छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…