Pairabi logo

असोज १८, २०८३, आइतबार                    

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

डेक्स

डेक्स

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा
ADVERTISEMENT

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिति सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

 बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो योजना समिक्षा तथा तर्जुमा कार्यशाला सम्पन्न गरेको हो ।  मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिकिा सदस्यहरू, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, नेपाल प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यशालाको मुख्य उद्देश्य हालसम्म सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षकालागि मानव बेचबिखन नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि समन्वयात्मक र समुदायमा आधारित कार्यक्रमहरूको कार्ययोजना तयार गर्नु रहेको थियो ।

कार्यक्रममा बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमुखी वातावरण निर्माण गर्न सामूहिक प्रयास, साझा जिम्मेवारी तथा संस्थागत समन्वयको आवश्यकता माथि विशेष जोड दिइएको थियो । साथै स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा समुदायस्तरमा दिगो रोकथामका उपायहरू प्रवद्र्धन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रमको समापनका क्रममा नगरप्रमुख भाटले बालबालिका तथा समुदायको सुरक्षा, सम्मान र समग्र कल्याण सुनिश्चित गर्न सबै सरोकारवालाबीच निरन्तर प्रतिबद्धता, प्रभावकारी समन्वय तथा एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मानवबेचविखन नियन्त्रण र बालअधिकारका लागि सबैको सहयोग आवश्यक रहेको कुरामा बिशेष जोड दिनुभयो । 

कार्यक्रमको सहजीकरण प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार सबिना राउत तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटले सहयोग गर्नुभएको थियो ।साझेदारी, समन्वय र समुदायको सक्रिय सहभागितामार्फत हिंसा, शोषण तथा हानिकारक अभ्यासमुक्त सुरक्षित समाज निर्माण गर्न सकिने विश्वास कार्यशालामा व्यक्त  गरिएको थियो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…