Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

डेक्स

डेक्स

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य
ADVERTISEMENT

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र उच्चतम अवस्थामा नरहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगन्जमा पत्रकारसंग गरेको अन्र्तक्रियामा तथ्यांक प्रस्तुत गर्दै केन्द्रकी निर्देशक प्रमिला बखतीले ७१ विद्यालय सामान्य र ११ विद्यालय मध्यम अवस्थामा जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७८÷०७९ सम्मको सामुदायिक विद्यालयहरुको कार्यसम्पादन परीक्षणपछि केन्द्रले सार्वजनिक गरेको बाँकेको प्रतिवेदन अनुसार, कोहलपुर नगरपालिकामा १ मध्यम र १० सामान्य, खजुरा गाउँपालिकामा २ मध्यम र १२ सामान्य, जानकी गाउँपालिकामा ३ सामान्य, डुडुवा गाउँपालिकामा मध्यम १ र सामान्य ४, नरैनापुर गाउँपालिकामा ३ सामान्य, नेपालगन्ज उपमहानगरपालिकामा २ मध्यम र १५ सामान्य, बैजनाथ गाउँपालिकामा १ मध्यम र १३ सामान्य, राप्तीसोनारी गाउँपालिकामा मध्यम ४ र १३ सामान्य रहेका छन् ।

परीक्षण केन्द्रले स्तर निर्धारणको मापदण्ड ९० प्रतिशत भन्दा माथिलाई उत्तम, ७० देखि ९० लाखई मध्यम, ४० देखि ७० लाई सामान्य ४० भन्दा कमलाई कमजोर श्रेणीमा राखेको जनाएको छ ।

केन्द्रले लगानी, भौतिक संरचना, शिक्षक उपस्थिति, समुदायको सहभागिता र लगानी, प्रक्रिया, कक्षा शिक्षण, विद्यार्थी मूल्यांकन, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन, सह तथा अतिरिक्त क्रियाकलाप, उपलब्धि, विद्यार्थी नियमितता, कक्षा दोहोर्याउने र विद्यालय छाड्ने दर सिकाई उपलब्धी, सेवाग्राही सन्तुष्टि, शिक्षकको पेशागत सन्तुष्टि, सेवाग्राही विद्यार्थी संख्या लगायतलाई आधार बनाएर विद्यालयको परीक्षण गरेको थियो ।

यस बर्ष परीक्षणको नमूना संकलन बृहत बनाउनका लागि सात प्रदेशका सय विद्यालयका विद्यार्थीको परीक्षण र दुई सय प्रधानाध्यापकको नेतृत्व कार्यसम्पादन परीक्षण गरिरहेको केन्द्रका महानिर्देशक जयराम अधिकारीले बताउनुभयो ।

उहाँले बर्दियाका सात विद्यालयका प्रधानाध्यापकको समेत यस वर्ष कार्यसम्पादन परीक्षण हुन लागेको जानकारी दिदै विद्यालय सिकाईको अवधारणा विकास हुँदै गएको बताउुनभयो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…