Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम

डेक्स

डेक्स

बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम
ADVERTISEMENT

बर्दिया, ५ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत अभिभावकहरूलाई बाल संरक्षण, समग्र विकास तथा घरमा सिकाइमैत्री वातावरण निर्माण गर्न प्रेरित गरिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा पढ्ने बानीको विकास गर्नु, शैक्षिक उपलब्धि सुधार गर्नु, घर, विद्यालय तथा समुदायमा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नु, अभिभावकलाई नियमित रूपमा बालबालिकाको अध्ययन अनुगमन गर्न प्रोत्साहित गर्नु तथा शिक्षकसँग समन्वय गरी बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी राख्न सहयोग पु¥याउनु रहेको छ ।

त्यसैगरी बालबालिकामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन तथा अतिरिक्त क्रियाकलापमा बालबालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्न अभिभावकहरूलाई सचेत बनाइएको छ । कार्यक्रमको सकारात्मक प्रभावस्वरूप धेरै परिवारले आफ्नै घरमा “रिडिङ कर्नर” स्थापना गरी बालमैत्री अध्ययन वातावरण निर्माण गर्न थालेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

अभियानलाई प्रत्येक घरसम्म विस्तार गर्न किशोरी क्लब, युवा क्लब, वडा कार्यालय, विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहले सक्रिय सहकार्य गरिरहेका छन् । किशोरीहरू घरदैलो अभियानमार्फत “अभिभावकका लागि सात सन्देश” प्रवाह गर्दै “एक घर, एक रिडिङ कर्नर” अभियानलाई समुदायस्तरमा विस्तार गरिरहेका छन् ।

सोही क्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ७ को कार्यालय र बाँके युनेस्को क्लबको समन्वयमा “एक घर, एक रिडिङ कर्नर निर्माण” घरदैलो अभियान निरन्तर सञ्चालन भइरहेको छ । घरलाई बालबालिकाको पहिलो विद्यालयको रूपमा स्वीकार गर्दै प्रत्येक घरमा पढाइमैत्री वातावरण निर्माण गर्ने, गाउँलाई “रिडिङ कर्नर मैत्री समुदाय” घोषणा गर्ने तथा अभिभावकलाई बालबालिकाको शिक्षा, साक्षरता र समग्र विकासमा सक्रिय बनाउन अभियान केन्द्रित रहेको छ ।

अभियान सफल बनाउन किशोरी क्लबका २५ जना किशोरीहरूले निरन्तर सक्रिय सहभागिता, समर्पण तथा सहयोग गर्दै आएको क्लबले जनाएको छ । क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेका अनुसार परियोजना अन्तर्गत मधुवन नगरपालिका वडा नम्बर १ र २, गुलरिया नगरपालिका वडा नम्बर ११ र १२ तथा बढैयाताल गाउँपालिका वडा नम्बर ७, ८ र ९ लाई “एक घर, एक रिडिङ कर्नर मैत्री गाउँ” घोषणा गर्ने लक्ष्य राखिएको छ । 

उहाँका अनुसार बालबालिकाको शैक्षिक विकास, सिकाइ उपलब्धि तथा अभिभावकको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ । “हरेक घरबाट सिकाइ संस्कृतिको विकास गरौं, हरेक बालबालिकाको उज्ज्वल भविष्य निर्माण गरौं” भन्ने सन्देशका साथ अभियान सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…