Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डेक्स

डेक्स

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
ADVERTISEMENT

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आइतबार गाउँपालिकाको सभाहलमा भएको विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैको पहल आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायमा खोपसम्बन्धी सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो  । 

गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको भन्दै भोलीका देशका भविष्य बोकेका बालबालिकाहरुलाई स्वस्थ राख्न खोप अनिवार्य आवश्यक रहेकोमा जोड दिनुभयो । 

अध्यक्ष चौधरीले स्वास्थ्य अति सबेंदनशिल क्षेत्र भएकाले सबैको स्वास्थ्य सेवा हरेक नागरिकलाई प्रवाह गर्दै आएको भन्दै पालिकाले केही समुहलाई निःशुल्क तथा सहुलियतमा सेवा प्रदान गरिरहेको जानकारी गराउनुभयो । 

पालिकाभित्र रहेका १५ वर्ष मुनिका एक हजार ५२ जना र १६ देखि २३ महिनाभित्रका ८ सय ३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

त्यस अवसरमा अनिवार्य सेवा निवृत्त ५ जना कर्मचारीलाई सम्मान गरिएको थियो । सिनियर अनमी संगिता वर्मा, पवन कुमारी बाहुनी, सुमनलता सिंह, खड्गनाथ सापकोटा र महिला स्वास्थ्य स्वमसेविका प्रेम कुमारी अधिकारीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी स्वास्थ्य केन्द्रका प्रमुख तथा पालिकाका सबै महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पनि सम्मानित गरिएको थियो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पुर्ण खोपको सुनिश्चिता बारे सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…