Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

डेक्स

डेक्स

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै
ADVERTISEMENT

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबले संयुक्त रुपमा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ आयोजना गर्न लागेका हुन् ।

कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सय बढी खेलाडीले भाग लिने निश्चित भइसकेको खेल संयोजक सूर्यमणि अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा ८, १०, १२, १४, १७ र सो भन्दा माथि उमेर समूहका छात्र र छात्राबीच पौडीका २४ वटा इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीले बताउनुभयो । ८ र १० वर्ष मुनिका खेलाडीले २५ मिटर र सो भन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटरमा प्रतिष्पर्धा गर्नेछन् । खेलाडीले फ्रि स्टाइल, ब्याक स्टोक, बेस्ट स्टोक र बटर फ्लाइ गरी चार वटा स्टोकमा सहभागिता जनाउन सक्नेछन् ।

शिखा एकेडेमीका प्रधानाध्यापक ई राजीव सुवेदी, कार्यक्रम संयोजक सूर्यमणि अधिकारी र नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाका विद्यालयको सहभागिता सुनिश्चित भइसकेको उल्लेख छ ।
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…