Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

डेक्स

डेक्स

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन
ADVERTISEMENT

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित ‘एम।आर। गुरु फिटनेस’ सञ्चालनमा आएको छ ।

स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना तथा व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको आवश्यकता बढ्दै गएको अवस्थामा व्यवस्थित, सुरक्षित र गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मोहित गुप्ताले जानकारी दिनुभयो ।

‘एम।आर। गुरु फिटनेस’को उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम र शारीरिक सक्रियता आवश्यक रहेको बताउँदै आधुनिक पूर्वाधारसहित फिटनेस सेन्टर सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो । 

कार्यक्रममा भरतोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण संरक्षणमन्त्री सुरेन्द्र हमालले शारीरिक स्वास्थ्य र मानसिक स्फूर्तिका लागि नियमित व्यायामको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवापुस्तालाई खेलकुद र फिटनेसप्रति आकर्षित गर्न यस्ता संस्थाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठले शुभकामना व्यक्त गर्दै आधुनिक र व्यवस्थित फिटनेस सेन्टरले स्थानीयस्तरमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सञ्चालक मोहित गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ‘एम।आर। गुरु फिटनेस’का अर्का सञ्चालक रमेश जैसवालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रा, बाँके स्ट्रन्थ लिफ्टिङ संघका अध्यक्ष, नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव मोहम्मद जुबेर राई, अधिवक्ता विश्वजित तिवारीलगायतले फिटनेस सेन्टरको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भाइराजा श्रीवास्तवले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा ‘एम।आर। गुरु फिटनेस’का प्रशिक्षक गणेश क्षेत्री, आश्वनी सोनी, बिनु मल्ललगायतको सहभागिता रहेको थियो ।

‘एम।आर। गुरु फिटनेस’मा एकपटकमा करिब १५० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ । फिटनेस सेन्टरमा अत्याधुनिक प्रविधि र गुणस्तरीय उपकरणको व्यवस्था गरिएको सञ्चालकले जनाएको छ ।

सञ्चालक गुप्ताका अनुसार फिटनेस सेन्टरमा विभिन्न उमेर समूहका सेवाग्राहीलाई लक्षित गरी शारीरिक तन्दुरुस्ती, मांसपेशी विकास, तौल व्यवस्थापन तथा समग्र स्वास्थ्य सुधारमा केन्द्रित प्रशिक्षण र सेवा उपलब्ध गराइनेछ । बाँकेमा बढ्दो फिटनेस संस्कृतिलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘एम।आर। गुरु फिटनेस’ले स्थानीयस्तरमा रोजगारी सिर्जना तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…