Pairabi logo

असोज १८, २०८३, आइतबार                    

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

डेक्स

डेक्स

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन
ADVERTISEMENT

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित ‘एम।आर। गुरु फिटनेस’ सञ्चालनमा आएको छ ।

स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना तथा व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको आवश्यकता बढ्दै गएको अवस्थामा व्यवस्थित, सुरक्षित र गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मोहित गुप्ताले जानकारी दिनुभयो ।

‘एम।आर। गुरु फिटनेस’को उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले स्वस्थ जीवनशैलीका लागि नियमित व्यायाम र शारीरिक सक्रियता आवश्यक रहेको बताउँदै आधुनिक पूर्वाधारसहित फिटनेस सेन्टर सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो । 

कार्यक्रममा भरतोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण संरक्षणमन्त्री सुरेन्द्र हमालले शारीरिक स्वास्थ्य र मानसिक स्फूर्तिका लागि नियमित व्यायामको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले युवापुस्तालाई खेलकुद र फिटनेसप्रति आकर्षित गर्न यस्ता संस्थाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष मनोज श्रेष्ठले शुभकामना व्यक्त गर्दै आधुनिक र व्यवस्थित फिटनेस सेन्टरले स्थानीयस्तरमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।

सञ्चालक मोहित गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता ‘एम।आर। गुरु फिटनेस’का अर्का सञ्चालक रमेश जैसवालले गर्नुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रा, बाँके स्ट्रन्थ लिफ्टिङ संघका अध्यक्ष, नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव मोहम्मद जुबेर राई, अधिवक्ता विश्वजित तिवारीलगायतले फिटनेस सेन्टरको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भाइराजा श्रीवास्तवले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा ‘एम।आर। गुरु फिटनेस’का प्रशिक्षक गणेश क्षेत्री, आश्वनी सोनी, बिनु मल्ललगायतको सहभागिता रहेको थियो ।

‘एम।आर। गुरु फिटनेस’मा एकपटकमा करिब १५० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको जनाइएको छ । फिटनेस सेन्टरमा अत्याधुनिक प्रविधि र गुणस्तरीय उपकरणको व्यवस्था गरिएको सञ्चालकले जनाएको छ ।

सञ्चालक गुप्ताका अनुसार फिटनेस सेन्टरमा विभिन्न उमेर समूहका सेवाग्राहीलाई लक्षित गरी शारीरिक तन्दुरुस्ती, मांसपेशी विकास, तौल व्यवस्थापन तथा समग्र स्वास्थ्य सुधारमा केन्द्रित प्रशिक्षण र सेवा उपलब्ध गराइनेछ । बाँकेमा बढ्दो फिटनेस संस्कृतिलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘एम।आर। गुरु फिटनेस’ले स्थानीयस्तरमा रोजगारी सिर्जना तथा स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…