Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

डेक्स

डेक्स

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो
ADVERTISEMENT

नेपालगन्ज : प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली र जितेन्द्र पुनको जोडी पहिलो भएको छ । 

धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुष सी लेभलमा दिपकराज बम र हिमाल बस्नेतको जोडी प्रथम भयो। यु–१५ पुरुष एकलतर्फ आदित्य चौधरी कैलाली च्याम्पियन बने ।

प्रतियोगितामा पुरुष बी लेभलमा सनिउल्ला राइनी र राजेश साउदको जोडी उपविजेता बन्दा सी लेभलमा शिव शाह र सद्दाम शेष तथा यु–१५ पुरुष एकलतर्फ बिराट बस्नेत उपविजेता भए ।

पुरुष बी लेभलतर्फ पवन चौधरी र सन्दिप चौधरीको जोडी तथा अर्जुन बुढा र मुस्कान केसीको जोडी तृतीय भए । पुरुष सी लेभलतर्फ कुमार शान शाह, नरेश थापा, नरेश मल्ल र परशुनारायण चौधरीको जोडी तृतीय भए । यु–१५ पुरुष एकलतर्फ आशुतोष कशौधन र विपिन केसी तृतीय भए ।

विजेताहरुलाई नेपाल ब्याडमिन्टन संघका पूर्व केन्द्रीय अध्यक्ष रतनकुमार टण्डन, ब्याडमिन्टनका पूर्व प्रशिक्षक तथा खेलाडी श्रवनकुमार श्रेष्ठ, नेपालगन्ज वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं ब्याडमिन्टन खेलाडी चक्र डम्बर पाल, मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापा, नेपालगन्ज उपमहानगरपालिकाका योजना शाखा अधिकृत तथा वडा सचिव हिक्मतबहादुर माझी, ब्याडमिन्टनका वरिष्ठ राष्ट्रिय प्रशिक्षक जयन्त श्रेष्ठ, बाँके जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष रोहित टण्डन लगायतले पुरस्कृत गरे ।

वैशाख १९ र २० गते भएको प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को  सहकार्यमा नेपाल ब्याडमिन्टन संघ काठमाण्डौं र बाँके जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा आयोजना गरिएको हो । वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिता सफल बनाउन सहयोग सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा प्रतियोगितालाई अझ बृहत बनाउने आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…