Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

डेक्स

डेक्स

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
ADVERTISEMENT

नेपालगन्ज, १७ वैशाख । नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ । 

६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो ।

यस राष्ट्रिय अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले सहकार्य गरिरहेको छ । सोही अनुरूप राष्ट्रिय पोषण स्क्रिनिङ अभियान २०८२/0८३ बाँके जिल्लामा सञ्चालनमा आएको हो ।

अभियान अन्तर्गत बालबालिका र पहिलो १,००० दिनभित्रका आमाहरूको मिड–अपर आर्म सर कम्फरेन्स मापनका साथै उमेर, उचाइ/लम्बाइ तथा तौल परीक्षणमार्फत पोषण अवस्था मूल्यांकन गरिन्छ । स्क्रिनिङका क्रममा गम्भीर कुपोषण भएका बालबालिका तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूको उपचार तथा पोषण सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस अभियानको पहिलो कार्यक्रम खजुरा गाउँपालिका वडा नं। २ गउघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट सुरु गरिएको छ । स्क्रिनिङका क्रममा पाँच वर्षमुनिका ६९ जना बालबालिकाको पोषण परीक्षण गरिएकोमा ५ जना मध्यम कुपोषणका बिरामी पहिचान भएका छन् । त्यसैगरी ७ जना गर्भवती महिलाको परीक्षण गर्दा २ जना कुपोषित अवस्थामा भेटिएका छन् ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले परीक्षण सेवा प्रदान गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । साथै न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा आवश्यक रिफरल सेवामा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी राप्तीसोनारी गाउँपालिकाका वडा नं। २, ६, ७ र ९ मा समेत राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु गरिएको छ । सम्बन्धित वडाका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहकार्यमा समुदायस्तरमै प्रभावकारी रूपमा पोषण परीक्षण सेवा सञ्चालन भइरहेको छ ।

यस अभियानले बालबालिका र आमाहरूमा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार तथा समुदायस्तरमा पोषण सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…