Pairabi logo

असोज २१, २०८३, बुधबार                    

समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम

डेक्स

डेक्स

समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई तालिम
ADVERTISEMENT

नेपालगन्ज, १३ वैशाख । बाँके युनेस्को क्लबले जिल्लाको नरैनापुर गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्यकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम दिएको छ ।

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुरमा सो तालिम सम्पन्न गरेको हो ।  

क्लबका अनुसार उक्त तालिमको उद्देश्य सहभागीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्षता विकास गर्नु रहेको थियो । तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन र सहजीकरण सम्बन्धी सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने जनस्वास्थ्य अधिकृत विवेक पौडेलले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । 

पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार साहले तालिमको उद्देश्य, लक्ष्य र अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै समस्या पहिचान र प्रमाणमा आधारित समाधानको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

सो तालिम अद्यावधिक मार्गदर्शन अनुसार सञ्चालन गरिएको थियो भने सहभागीहरूलाई प्रभावकारी सिकाइका लागि प्रस्तुति, समूहगत छलफल तथा व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेल र हेलन केलर इन्टरनेशनल नेपालका फिल्ड अधिकृत लिलबहादुर नेपालीको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ्य अधिकृत नागेन्द्र कुमार साह र विवेक पौडेलले गर्नुभएको थियो भने स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्ती मल्लले सहयोग गर्नुभएको थियो ।

हेलन केलर इन्टरनेशनलका लिलबहादुर नेपालीले राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सम्बन्धी मार्गदर्शन प्रस्तुत गर्दै अभियानको उद्देश्य, कार्यान्वयन प्रक्रिया र सूक्ष्म योजना ९माइक्रो प्लानिङ० को महत्वबारे विस्तृत जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलले आगामी पोषण स्क्रिनिङ अभियानलाई प्रभावकारी बनाउन समुदायका ६ देखि ५९ महिनाका सबै बालबालिकाको अनिवार्य स्क्रिनिङ गरी पहिचान भएका केसलाई तुरुन्त उपचार सेवामा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले स्वास्थ्यकर्मीहरूलाई तालिमबाट सिकेका ज्ञान र सीप कार्यस्थलमा प्रयोग गर्न आग्रह गर्दै राष्ट्रिय पोषण अभियान सफल बनाउन सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । साथै पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले सो अवसरमा जनाउनुभयो ।

सो तालिममा वडा नम्बर १ देखि ६ सम्मका स्वास्थ्यकर्मी तथा पोषण सहजकर्तासहित २५ जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापनमा दृष्टी शाह र अनु चौधरीले सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…