Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम

डेक्स

डेक्स

नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम
ADVERTISEMENT

नेपालगन्ज, ५ वैशाख । बाँके युनेस्को क्लबले नेपालगन्जमा कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । 

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत सो तालिम नेपालगन्जमा संचालन गरेको हो । 

उक्त तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नु तथा कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउनु रहेको क्लबले जनाएको छ । 

बाँके युनेस्को क्लबका अनुसार तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन तयारी तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रमको उदघाटन सत्र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । महाशाखा प्रमुख चन्दले तालिमका उद्देश्य र अपेक्षित उपलब्धिहरूबारे प्रकाश पार्दै समस्याको वैज्ञानिक विश्लेषण तथा प्रमाणमा आधारित समाधानमार्फत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिम अद्यावधिक आईएमएएम निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्रभावकारी सिकाइकालागि प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागीमूलक विधिहरू अपनाइएको थियो । यसबाट सहभागीहरूको प्राविधिक दक्षता वृद्धि हुनुका साथै सरोकारवालाबीच समन्वय र सहकार्य समेत मजबुत भएको जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य स्वेता गुरुंगको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण राजन बहादुर शाही र तेज बहादुर ओलीले गर्नुभएको थियो भने श्रीकृष्ण बस्नेतले प्राविधिक सहयोग गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले तालिमले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूले सिकेका सीपहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । साथै, केस पहिचान, स्क्रिनिङ तथा उचित उपचार व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्यस्तै, बाँके युनेस्को क्लबकी कार्यसमिति सदस्य गुरुङले सहभागीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतारेर पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त तालिममा नेपालगन्जको वडा नम्बर १ देखि २३ नम्बर वडाका स्वास्थ्यकर्मी, पोषण सहजीकर्तालगायत गरी ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा दृष्टि शाह, खिमबहादुर थापा र अनु चौधरीले सहयोग गर्नुभएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…