Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा

डेक्स

डेक्स

कानूनी सहायता समितिमार्फत दुई सय तीन मुद्धामा निःशुल्क सेवा
ADVERTISEMENT

बाँके, २८ चैत : बाँकेमा कानूनी सहायता समितिले निशुल्क कानूनी सेवा उपलब्ध गराएको छ । चार महिनामा समितिमा दर्ता हुन आएका ३९ मुद्धा अनुमोदन गरिएको छ । 

समितिका अनुसार गत आर्थिक वर्षबाट सरेका ९९ मुद्धा र चालु वर्षमा दर्ता भएका १ सय ४ मुद्धासहित कुल २ सय ३ मुद्धामा निःशुल्क कानूनी सहायता प्रदान गरिएको छ । 

तीमध्ये ४७ मुद्धा फैसला भइसकेका छन् भने १ सय ५६ मुद्धा विचाराधीन अवस्थामा रहेको समितिका अध्यक्ष एवं उच्च सरकारी वकिल कार्यालय नेपालगंजका सहन्यायाधीवक्ता यदुनाथ शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार सम्बन्ध बिच्छेद, खाना खर्च, अंश, घरेलु हिंसा तथा बहुविवाह जस्ता संवेदनशील विषयका मुद्धामा सहायता प्रदान गरिएको छ । 

समितिले सीमित जनशक्तिका बाबजुद उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ । एक मात्र अधिवक्तामार्फत मुद्धाको फिराद मस्यौदा, बहस, बकपत्र र कानूनी परामर्शजस्ता कार्य सञ्चालन हुँदै आएको छ ।  

उच्च सरकारी वकिल कार्यालय नेपालगंजमा आयोजित बैठकमा समितिका सदस्यहरु नेपालगंज उच्च बारका अध्यक्ष अधिवक्ता पवन कुमार गुप्ता, अधिवक्ता वसन्त गौतम, अधिवक्ता युग बहादुर गुरुङ्ग तथा सदस्य सचिव कुसुमा सुवेदी सहित आमन्त्रित सदस्यहरु पूर्व अध्यक्ष चित्र बहादुर शाही, शिव श्रेष्ठ, सचिव गणेश प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।

साथै उपन्यायाधीवक्ता कर्ण बहादुर बुढा, खुम बहादुर कुवर र सहायक न्यायाधीवक्ता नमुना गिरीको समेत उपस्थिति रहेको थियो।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…