Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार

डेक्स

डेक्स

बढैयातालमा पुर्नस्थापना तथा सेवा केन्द्र स्थापना तथा संचालन सम्वन्धी नियमावली तयार
ADVERTISEMENT

बर्दिया २५ चैत । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरिएको छ । 

ऐनलाई कार्यान्वयनका क्रममा नियमावलीको आवश्यकता अनुसार नियमावली तयार गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले बताउनुभयो । उहाँले महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि ऐन कानूनको आवश्यकता भएकाले नीतिगत रुपमा पहल गरिएको भन्दै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो । 

उपाध्यक्ष अधिकारीले यो ऐन र नियमावलीले हिंसा पिडित महिला तथा बालिकालाई न्यायका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ऐन कानूनबारे समुदायमा प्रचार प्रसारका लागि चेतना अभिबृद्धिको कार्य गर्ने बताउनुभयो । 

महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा नियमावलीको मस्यौदा कानून तयार गरी आज बुधबार छलफल गरिएको छ । 

महिला तथा बालिकाविरुद्धको हिंसा सम्बोधनका लागि स्थानीय तहहरुमा नीतिगत व्यवस्था अन्र्तगत ऐन, कानून, कार्यविधी निमार्ण गर्नमा सहयोग गरेको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । 

कार्यक्रममा वडा अध्यक्षहरु शुक्रराज सापकोटा, विरबहादुर थारु, प्रेमबहादुर थापा क्षेत्री, डिलादेव गिरी, लल्लन अहिर, तुलाराम चौधरी, कार्यपालिका सदस्य चन्द्रकला विक, दिलमाया सुनार, विधायन समिति सदस्य सचिव उसमान साई, वडा सदस्य हरि दत्त थारु, गोविन्दराम थारु, महिला तथा बालबालिका शाखा प्रमुख सुजिता थारु लगायतले मस्यौदा कानूनमाथी आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…