Pairabi logo

मंसिर १२, २०८३, शुक्रबार                    

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड

डेक्स

डेक्स

वैदेशिक रोजगारीको निर्भरता घटाउनुपर्नेमा युवाको जोड
ADVERTISEMENT

बर्दिया २५ चैत । “सपना सजाइली, योजना बनाइली, पैसा कमाइली” भन्ने उद्यमशीलताको एक शक्तिशाली स्थानीय अभिव्यक्ति हालै बर्दियामा उदाएको छ, जसले सरल तर प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ  सपना देखिन्छन्, योजना बनाइन्छ, र ती आकांक्षाहरू पूरा गर्न कार्य गरिन्छ । यस सन्देशले युवाहरूमा कल्पनाबाट कार्यान्वयनतर्फ अघि बढ्ने बढ्दो सोचलाई प्रतिबिम्बित गर्दछ ।

युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्वारामा पाँचदिने “युवा उद्यम विकास तालिम” सफलतापूर्वक सञ्चालन गरिएको थियो । यो कार्यक्रम बाँके यूनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कार्यान्वयन गरिएको थियो  । कार्यक्रममा मधुवन र ठाकुरबाबा नगरपालिकाका प्रेरित युवाहरू सहभागी भएका थिए, जसको साझा लक्ष्य आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्नु थियो ।

तालिमलाई सहभागीहरूलाई आफ्नै व्यवसाय सुरु गर्न र विस्तार गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने गरी सावधानीपूर्वक डिजाइन गरिएको थियो । यसमा व्यवसायिक अवसर पहिचान, बजार विश्लेषण, व्यवसायिक विचारको प्रमाणीकरण, व्यवसाय योजना निर्माण, तथा लागत निर्धारण, मूल्य निर्धारण, बजेटिङ र अभिलेख व्यवस्थापनजस्ता वित्तीय व्यवस्थापनका विषयहरू समेटिएका थिए ।

साथै, सहभागीहरूले बजार प्रवद्र्धन रणनीति, ग्राहक सम्बन्ध व्यवस्थापन, डिजिटल प्रचारप्रसार, व्यवसाय दर्ताका कानुनी प्रक्रिया, आपूर्ति शृंखला व्यवस्थापन, भण्डारण व्यवस्थापन, गुणस्तर सुनिश्चितता, मूल्य अभिवृद्धि, जोखिम व्यवस्थापन, वातावरणमैत्री व्यवसाय अभ्यास, तथा नेतृत्व र निर्णय क्षमताबारे पनि सिके ।

उद्घाटन सत्र मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले वैदेशिक रोजगारीमा निर्भरता घटाउनुपर्ने आवश्यकता औंल्याउँदै युवाहरू विशेषगरी युवतीहरूलाई नेपालमै स्वरोजगारतर्फ अग्रसर हुन प्रोत्साहित गर्नुभयो । 

साथै, महिलालाई सशक्त बनाउन यस पहलको भूमिका सराहनीय रहेको बताउनुभयो । विशेष अतिथिका रूपमा उपस्थित उद्यम विकास इकाइ प्रमुख जानकी कुमारी नेपालीले सहभागीहरूलाई आत्मनिर्भरता र उद्यमशीलतातर्फ आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो ।

तालिममा ४९ जना ९४५ महिला र ४ पुरुष० सहभागी थिए, जसलाई दुई समूहमा विभाजन गरिएको थियो । सत्रहरू अनुभवी विज्ञहरूद्वारा सञ्चालन गरिएको थियो, जसमा सामाजिक तथा व्यवहार परिवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका बिनय दिल लामा, व्यवहार विज्ञानमा पीएचडी गरी उद्यम विकास र व्यवहार सञ्चारमा विशेषज्ञता भएका सुयोग ढकाल र नदीम शाह रहेका थिए ।

कार्यक्रमले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई पनि जोड दिएको थियो । कक्षाकोठा सत्रमार्फत उद्यम विकासका आधारभूत अवधारणाहरू सिकाइएका थिए भने व्यवहारिक तालिममा सुँगुर र बाख्रा पालनमा केन्द्रित अभ्यास समेटिएको थियो । यी सत्रहरू मधुवन नगरपालिकाका पशु सेवा इकाइ प्रमुख गणेश बहादुर बोहोरा र ठाकुरबाबा नगरपालिकाका पशु सेवा इकाइ प्रमुख चन्द्र बहादुर महतारद्वारा सञ्चालन गरिएको थियो, जसले सिकाइलाई व्यावहारिक बनायो ।

कार्यक्रमको समग्र अनुगमन बाँके यूनेस्को क्लबका सञ्चालक समिति सदस्यहरूले गरेका थिए, जसमा अध्यक्ष परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, प्रशासन तथा वित्त प्रबन्धक बेद प्रकाश पांगाली, तथा प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी रहेका थिए । 

कार्यान्वयनमा परियोजना संयोजक राजकुमार खड्का, कार्यक्रम अधिकृत राधे कृष्ण थारु, फिल्ड सुपरभाइजर सङ्गीता रिजाल तथा टोली सदस्य कञ्चन दहित, सृजना थारु र सुनीता चौधरीको सक्रिय सहयोग रहेको थियो ।

समापन कार्यक्रम सहभागी अनिसा परियारको अध्यक्षतामा सम्पन्न भएको थियो, जसले महिला नेतृत्वको सशक्त उपस्थिति देखायो र प्रमुख अतिथि राकेश थारु रहेका थिए । कार्यक्रममा प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकीले सहभागीहरूलाई उद्यमशील लक्ष्यप्रति प्रतिबद्ध रहन र आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरित गर्नुभयो । क्लबका अध्यक्ष परवेज अली सिद्दिकीद्वारा प्रमाणपत्र वितरण गरिएको थियो ।

सहभागीहरूको तर्फबाट एक प्रशिक्षार्थीले तालिमले आफ्नो आत्मविश्वास बढाएको र रोजगारी तथा उद्यमशीलताका नयाँ सम्भावनाहरू खुला गरेको बताए । समापन मन्तव्यमा अध्यक्षले यस पहलको व्यापक प्रभावबारे प्रकाश पार्दै युवतीहरूलाई शोषण र हिंसामुक्त सम्मानजनक जीवनयापनतर्फ सक्षम बनाउने यसको भूमिकालाई विशेष रूपमा उल्लेख गर्नुभयो । 

बर्दिया जिल्लाको वर्तमान आर्थिक संरचना मुख्यतः कम उत्पादक कृषि, अनौपचारिक रोजगारी र विप्रेषण आम्दानीमा निर्भर छ, जहाँ विविधीकरण न्यून छ । करिब ४ लाख ५९ हजार ९०० जनसंख्या भए पनि अधिकांश आर्थिक गतिविधिहरू जीवन निर्वाहमुखी छन् र मौसमी उतारचढावमा निर्भर छन् । धेरै सीमान्तकृत समुदायमा करिब दुई–तिहाइ घरपरिवार दैनिक ज्यालादारीमा निर्भर छन्, जसले व्यापक अपूरो रोजगारी र उद्यम विकासको अभाव देखाउँछ ।

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

यो पनि

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बाढी प्रभावित परिवारलाई राहत तथा जीविकोपार्जन सहयोग

बर्दिया, ४ मसिंर । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्र …

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…