Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन

डेक्स

डेक्स

डुडुवामा पाँच शैय्याको आधारभुत अस्पताल संचालन
ADVERTISEMENT

डुडुवा (बाँके), २५ चैत । डुडुवा गाउँपालिकाले पाँच शैय्याको आधारभुत अस्पताल संचालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्र अन्र्तगत पाँच शैय्याको आधारभुत अस्पतालको आज बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । 

मेडिकल अधिकृत डा. रामगोपाल तिवारीको नेतृत्वमा १८ जनाको टोलीले अस्पतालको २४ सै घण्टा सेवा संचालन गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा आधुनिक प्रयोगशाला, औषधी फार्मेशी, डिजिटल एक्स–रे, भिडियो एक्स–रे लगायतको सेवा उपलब्ध हुनेछ । 

नेपाल सरकारले तोकेको मापदण्डअनुसार विपन्न, गरिब तथा असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा, तथा औषधी वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने शाखा प्रमुख चौधरीले बताउनुभयो । 

पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज एक कार्यक्रमका विच अस्पतालको शुभारम्भ गर्दै पालिकाले आफ्नै सिमित साधन स्रोतबाट आधारभुत अस्पतालबाट २४सै घण्टा सेवा शुरु गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अस्पतालमा थप बेड र सेवाको स्तरउन्नती बृद्धि गरी उच्चस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो ।

अध्यक्ष चौधरीले गाउँमै अस्पताल भएपछि यहाँका विरामी नेपालगन्ज सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको र निःशुल्क तथा सहुलियतमा सेवा प्रदान गर्नले स्थानीयलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पालिकाले जनस्वास्थ्य अधिकृत हेमन्तकिशोर शर्मालाई अस्पतालको व्यवस्थापन गर्न जिम्मा दिइएको छ । पालिकाले स्वास्थ्य केन्द्रको परिसरमा नयाँ भवन निमार्ण गरि अस्पताल संचालनमा ल्याएको छ । स्वास्थ्य अधिकृत विरेन्द्र घलेले संचालन गरेको शुभारम्भ कार्यक्रममा स्वास्थ्य अधिकृत भिमबहादुर विकले स्वागत गर्नुभएको थियो । 

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ ।

अहिले पालिकाका चार वटा स्थानमा निशुल्क प्रयोगशाला, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिका अध्यक्ष चौधरीले बताउनुभयो । 


    


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…