Pairabi logo

असोज ०२, २०८३, शुक्रबार                    

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

डेक्स

डेक्स

थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल
ADVERTISEMENT

कोहलपुर फागुन १५ । नेपाली काँग्रेस बाँके क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विभिन्न जातजातिको धर्म, संस्कृति संरक्षणमा आफ्नो नेतृत्वदायी भूमिका रहने बताएका छन् ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफु उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको बताए ।

‘म नेपाली काँग्रेसको जिल्ला सभापतिको नाताले पनि विभिन्न जातजातिको धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए, अव उम्मेदवारको रुपमा छु ।

निर्वाचित गराएर पठाउनुहोस् नीति नै बनाएर आदिवासी जनजातिहरुको कला संस्कृतिलाई थप व्यवस्थित बनाउँछु’–उनले भने । आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं।८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं।११ म थारु संग्राहलय र कोहलपुर वडा नं।२ मा दलित संग्राहलयलाई दू्रतगतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।

उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रवर्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए ।

तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं।४ र वडा नं।६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको छ ।

ताजा

सबै

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

यो पनि

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…