Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

डेक्स

डेक्स

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
ADVERTISEMENT

नेपालगञ्ज, १३ फागुनः बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० खोप लगाइएको छ । सतप्रतिसतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा पाठेघरको ९२ प्रतिशतलाई लगाइएको जानकारी दिनुभयो । “केही अपवादका रूपमा छुट्नुभएको होला तर हामीले एचपिभी खोप लगाउने कार्य सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो । 

जनस्वास्थ्य अधिकृत गिरीका अनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१ जनालाई पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।

बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०,  नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ । सबैभन्दा कम डुडुवा गाउँपालिका ४२६ र सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ जनालाई उक्त खोप लगाइएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको थियो । कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष सञ्चालित एचपिभी खोपका लागि निर्धारण लक्षित समूहका किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेका, हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोपको लक्षित समूह मानिएको थियो । 

खोपले एचपिभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्य अधिकृत गिरीले बताउनुभयो । उहाँका अनुसार नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

गत माघ २५ देखि यही फागुन ११ गतेसम्म एचपिभी खोप लगाइएको थियो । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई खोप लगाइएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…