Pairabi logo

असोज २६, २०८३, सोमबार                    

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन

डेक्स

डेक्स

खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छः अमर सिंह पुन
ADVERTISEMENT

नेपालगन्ज, फागुन १३ । खेलाडी र खेल क्षेत्रको मनोबल बढाउने योजनासहित काम गर्ने नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका पुनले बाँके क्षेत्र नम्बर ३ लाई खेलकुदको क्षेत्रको रुपमा परिचित गराउन पहल गर्ने बताए ।

बाँके क्षेत्र नम्बर ३ का खेलाडीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै पुनले खेलकुदका भौतिक पूर्वाधारसँगै खेलाडीलाई प्रोत्साह गर्न आफू प्रतिवद्ध रहेको जानकारी गराए ।

पुनले सार्वजनिक गरेको प्रतिज्ञा(पत्रमा खजुरा गाउँपालिकास्थित शुक्र रंगशाला, शुक्र भलिबल रंगशाला, डि(गाउँस्थित मिनी रंगशाला, सैनिकको मैटहवा माविको खेल मैदान, खजुरा ब्याड्मिन्टनको स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।

विभिन्न स्थानीय, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रवद्र्धन गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई प्रोत्साह गर्ने, एक टोल एक खेल मैदान र पार्क निर्माणमा अग्रसरता दिने, क्षेत्रको उपयुक्त स्थानमा राष्ट्रिय स्तरको रंगशाला निर्माणमा पहल गर्ने, नवप्रतिभा, नवप्रवर्तन र सीप र प्रविधिलाई प्रोत्साहन गर्ने पुनले बताए । 

बाँके क्षेत्र नम्बर ३ बाट नेपाली फुटबल टोली तथा नेपाल पुलिस क्लबको महिला टोलीको कप्तान निरु थापा, राष्ट्रिय पुरुष फुटबल टिमबाट बिक्रम सिंह ठकुरीले खेलिसकेका छन् । त्यस्तै मार्सल आर्टसका विभिन्न खेलबाट पनि यस क्षेत्रका खेलाडीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएका छन् ।

खेलकुदको माध्यमबाट बाँके क्षेत्र नम्बर ३ लाई चिनाउन योगदान गर्ने खेलाडी र खेलकर्मीलाई राज्यले प्रोत्साहन गर्ने वातावरणको निर्माण गरिने पर्ने पुनले बताए ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…