Pairabi logo

साउन २३, २०८३, शनिबार                    

‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला

डेक्स

डेक्स

‘लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव’: कोइराला
ADVERTISEMENT

नेपालगन्ज, फागुन १३ । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता नै शक्तिशाली रहेको बताएका छन् । बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका कोइरालाले बुधबार अपरान्ह घरदैलोका क्रममा जनताले चाहेपछि जस्तोसुकै परिवर्तन सम्भव हुने बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९, वडा नम्बर ९ र वडा नम्बर १३ मा घरदैलो गर्ने क्रममा उनले लोकतन्त्रका लागि नेपाली कांग्रेस राणा शासनदेखि नै लड्दै आएको स्मरण गरे । जनता शक्तिशाली भएपछि मात्र देश बलियो हुने उनको धारणा छ । नेपाली कांग्रेसको नेतृत्वमा हरेक आन्दोलन र परिवर्तन भएको उल्लेख गर्दै कांग्रेसले परिवर्तनको नेतृत्व गर्दा जनताले सधैं साथ दिँदै आएको बताए ।

बाँकेको क्षेत्र नम्बर २ का मतदाताले दिएको आफ्नो अमूल्य मतबाट विगतमा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भई संविधान निर्माणको नेतृत्वसँगै बाँकेमा ठूला विकास योजनाहरु ल्याएको बताए । स्वर्गीय कोइरालाकै पहलबाट भित्रिएको एशियाली विकास बैंक ९एडिबी० ले बाँकेको क्षेत्र नम्बर २ सडक, ढल तथा नाला निर्माणको काम गर्न सम्भव भएको बताए । यस्तै सिक्टा सिंचाई आयोजना, भेरी अस्पतालको स्तरोन्नति, मेडिकल कलेज, भेरी प्राविधिक शिक्षालय स्थापना लगायतका कामहरु भएको स्मरण गराए । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा भएको घरदैलोका क्रममा वडा सभापति जंगली बढई, उम्मेदवार कोइराला, पार्टीका महासमिति सदस्य निरञ्जनसिंह सिजापति, मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभा सदस्य माया पुन मगर, मिना सिद्धिकी, सुशिला नेपाली, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, युवा नेता बीरेन्द्र बहादुर शाह, पार्टीका नगर उपसभापति धनराज बर्मा, नेपालगन्ज–१९ निवासी पार्टीका नेता बफाती बेहना लगायतको उपस्थिति रहेको थियो ।

यस्तै नेपालगन्ज–९ मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित वडा सभापति अकबर शेख ‘गुड्डु’, पार्टीका जिल्ला सदस्य पुष्पा शुक्ला, युवा नेता रमेश तिमिल्सिना, सुर्य धिताल, धर्मेन्द्र धिताल, चेतनारायण शर्मा लगायतको उपस्थिति रहेको थियो । यसैगरी नेपालगन्ज–१३ मा बुधबार बेलुका भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै वडा सभापति शालिकराम शाह, पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य दिक्षा कोइराला, युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, कांग्रेस नेतृ मञ्जु शाह, अनुजा राठौर, पार्टीका क्षेत्र, नगर र वडा स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

ताजा

सबै

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज, २१ साउनः निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँक…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

बाँकेको एक इँटा भट्टामा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज, २० साउनः नेपालगन्ज उपमहानगरपालिका१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्…

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

लोकप्रिय

सबै

राजापुर नगरपालिकामा मानव बेचबिखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया, साउन २० । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन…

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन न…

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया, साउन २१ । बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित से…

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

यो पनि

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…