Pairabi logo

मंसिर १२, २०८३, शुक्रबार                    

बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति

डेक्स

डेक्स

बाँके-२ मा कोइरालाको संकल्पपत्र सार्वजनिकः भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताको नीति
ADVERTISEMENT

नेपालगन्ज, फागुन १२ । नेपाली कांग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प–पत्र सार्वजनिक गरेको छ । नेपालगन्जमा मंगलबार एक औपचारिक समारोहका बीच उम्मेदवार कोइरालाको संकल्प सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसले कानून(न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म(संस्कृति जगेर्नाप्रतिको संकल्पलाई बुँदागत रुपमा समेटेको छ ।

उम्मेदवार कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव अग्रसर रहने प्रतिवद्धता ब्यक्त गर्दै कटिबद्ध भएर प्रस्तुत हुनेमा दृढ संकल्प गरेका छन् ।

कोइरालाले सुशासनतर्फ भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशिलता नीतिलाई कार्यान्वयन गर्न पहल गर्ने, सरकार वा संस्थाको काम पारदर्शी र स्पष्ट हुनुका साथै निर्णय, बजेट, योजनाबारे नागरिकले थाहा पाउनुपर्ने मान्यतालाई व्यवहारमा ल्याउन जोड दिने, सूचनाको हकको पूर्ण कार्यान्वयनको वातावरण बनाउन भूमिका खेल्ने, जिम्मेवार तहमा रहेका सबैले आफ्नो काम, कर्तब्यप्रति जवाफदेही हुँदै असललाई पुरस्कृत र खराबलाई दण्ड दिने नीति संस्कृति अवलम्बन गर्न भूमिका निर्वाह गर्ने लगायत संकल्प गरेका छन् ।

यस्तै भौतिक पूर्वाधार र विकासतर्फ नेपालगन्जमा वृहत चक्रपथ ९रिङरोड० परियोजनालाई मूर्त रुप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका भौतिक पुर्वाधार ९सडक, ढल, नाला० निर्माणका लागि विशेष प्राथमिकता दिने, ग्रामिण क्षेत्रमा रहेका फुसको छानालाई विस्थापित गरी कर्कट पाता लगायतको वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने लगायतका संकल्प गरिएको छ ।

यसैगरी उद्योग, व्यवसाय प्रर्वद्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागू गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवद्र्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ ।

त्यस्तै राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर ९१०८ फिट०, राप्ती ९सिधनियाघाट०, राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने लगायत रहेका छन् ।

त्यसैगरी नेपालको संविधान २०७२ को कार्यान्वयन प्रक्रियामा प्रतिबद्ध रहँदै जनचाहनालाई उच्च प्राथमिकता दिँदै आवश्यक संशोधनका लागि पहल गर्ने, राष्ट्रिय वन तथा सामुदायिक वनको संरक्षण(सम्वद्र्धन गर्न आवश्यक पहल गर्ने, कृषिलाई उच्च प्राथमिकता दिदै खेतीका लागि आवश्यक सिंचाई व्यवस्था गर्न पहल गर्ने, गुणस्तरिय शिक्षाका लागि बिद्यालय(कलेज(विश्वविद्यालयलाई डिजिटलाइजेशन, प्रयोगशाला लगायतको स्तरोन्नति गर्दै शैक्षिक सुधारको प्रयास गर्ने, भेरी अस्पताललाई ५ सय शैयाको स्तरोन्नतिका लागि पहल गर्ने, साथै पुरानो ओपिडी ब्लकलाई भत्काएर अत्याधुनिक ब्लक निर्माणका लागि द्रुत गतिमा प्रक्रिया अगाडि बढाउन पहल गर्ने, युवा नीति कार्यान्वयनमा जोड दिइने, खेलकुदको समग्र विकासका लागि क्रिकेट, फुटबल लगायतका खेल मैदान निर्माण गर्न आवश्यक पहल गर्ने संकल्प पनि गरिएको छ ।

उम्मेदवार कोइरालाले ऐतिहासिक, साँस्कृतिक, धार्मिक र बहुभाषिक यस क्षेत्रलाई शान्त, सद्भाव र समृद्ध क्षेत्रको रुपमा विकसित गर्न आवश्यक पहल गर्ने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रको संरक्षण र सम्वद्र्धन गरिने, सामाजिक, धार्मिक सद्भाव कायम राख्न पूर्ण प्रतिवद्धता ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु कोइराला जस्तो योग्य र क्षमतावान ब्यक्तिलाई उम्मेदवार बनाएको बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले उम्मेदवार कोइरालाले चुनाव जित्ने विभिन्न आधारहरु रहेको बताए ।

यस्तै संकल्प(पत्र तयारी समितिका सदस्य ललित कुमार रौनियारले संकल्प(पत्रमा समेटिएका विषयहरुका बारेमा जानकारी गराएका थिए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का प्रचार–प्रसार समितिका सदस्य उमा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव एवम् क्षेत्र नम्बर २ का प्रचार–प्रसार समितिका संयोजक सुनिलसिंह हमालले स्वागत गरेका थिए । 

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…