Pairabi logo

मंसिर १२, २०८३, शुक्रबार                    

कांग्रेस उम्मेदवार अमर पुनको प्रतिज्ञा पत्र सार्वजनिक

डेक्स

डेक्स

कांग्रेस उम्मेदवार अमर पुनको प्रतिज्ञा पत्र सार्वजनिक
ADVERTISEMENT

नेपालगन्ज,। बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका अमर सिंह पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने प्रतिज्ञा गर्नुभएको छ । 

पुनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास समिति, नौवस्ता औद्योगिक क्षेत्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि निर्देशनालय तथा अनुसन्धान केन्द्रको स्तरोन्नतिलाई आफ्नो मुख्य एजेन्डाको रुपमा रहेको सार्वजनिक गर्नुभयो । 

शनिबार प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले भोग्दै आइरहेको समस्याका बारेमा आफूले नीतिगत रुपमा समाधानको लागि पहल गर्ने घोषणा गर्नुभयो।

आफ्नो मुख्य प्रतिवद्धताहरु घोषणा गर्ने क्रममा उम्मेदवार पुनले सार्वजनिक र संस्थागत विद्यालयको स्तरोन्नतिसँगै ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र खजुरा कृषि क्याम्पसलाई व्यवस्थित गरिने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा आमनागरिकले सेवा पाउने कुरालाई जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति तथा अत्याधुनिक स्रोत र साधनको वृद्धि गरी सेवालाई प्रभावकारी बनाउन जोड दिने पुनले बताउनुभयो ।

जेन्जी युवाको सकारात्मक मागलाई आत्मसाथ गर्दै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थापन गर्दै प्राविधिक विश्वविद्यालयको पठनपाठन खजुराबाटै गराउन विशेष पहल गर्ने उहाँले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभयो । 

कृषिलाई आर्थिक विकासको मुख्य आधारका रुपमा आत्मसाथ गर्दै स्थानीय कृषि उत्पादनको बजारीकरण, एक क्षेत्र, एक उत्पादन, कृषकले भोग्दै आइरहेको मुख्य समस्या मल, बीउ, सिँचाईको विस्तारमा विशेष पहल गरिने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

आर्थिक उन्नतिका लागि कृषि उत्पादनलाई जोड दिँदै सिक्टा सिँचाई, भेरी बबई डाइभर्सन र बबई सिँचाई नहरलाई व्यस्थित गर्ने उहाँले बताउनुभयो । युवालाई खेलकुदको माध्यमबाट उत्प्रेरणा जगाउने वातावरण निर्माणसँगै शुक्र रंगशाला, डि(गाउँस्थित मिनी रंगशाला, सैनिकको खेलकुद मैदान, खजुरा ब्याडमिन्टन कभर्ड हलको स्तरोन्नतिमा जोड दिँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको सम्मान गर्दै स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनामा प्रोत्साहन गर्ने उम्मेदवार पुनको प्रतिज्ञा छ ।

नवप्रतिभा, नवप्रवर्तन, सीप र प्रविधि मार्फत युवालाई आर्थिक समृद्धिसँग जोड्ने वातावरणको निर्माण गर्ने बताइएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अवसर र सम्मान गर्दै उनीहरुको सशक्तिकरण गरिने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

महिलालाई सीपमूलक र व्यवसायिक तालिममार्फत उद्यमशीलतामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । संस्कृति, पर्यटन, उद्योग र रोजगारलाई समृद्धिको दिगो आधार मान्दै धार्मिक तथा सामाजिक सद्भावलाई थप सुदृढ गरी मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च मौरिया, थन्वा, मर्वा इदगाहको संरक्षण, सम्बर्द्धन, भौतिक पूर्वाधार निर्माणमा पहल गरिने बताइएको छ । 

मानसरोवर, गाभर भ्याली, वन, तालतलैयाको संरक्षण गर्दै विभिन्न समुदायको समाधि तथा अन्त्येष्टि स्थललाई व्यवस्थित गरिने बताइएको छ । भुमि तथा वस्ती व्यवस्थापन दिगो आवासको आधारको मान्यतालाई आत्मसाथ गर्दै भुमिहिन, सुकुम्बासी व्यवस्थापन गर्दै जंगली जनावरबाट स्थानीय जनताले खेपिरहेको सास्ती व्यवस्थापनको दिर्घकालिन योजना बनाउने, जलवायु तथा वातावरण संरक्षण गर्ने, वृक्षारोपण र आधुनिक कृषिमा पहल गर्दै हरियाली प्रबर्द्धनको योजना बनाएर काम गर्ने प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।

विपद व्यवस्थापनमा दिगो योजनालाई व्यवस्थित गर्दै विपद न्युनीकरण र पूर्व तयारीलाई प्रभावकारी गराउने पुनले बताउनुभयो । उम्मेदवार पुनले आफ्ना ६ वटा नीतिगत प्रतिवद्धताहरु पनि सार्वजनिक गर्नुभएको छ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति नक्की खाँको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवार पुनले नेपाल भारत सीमावर्ती क्षेत्रको जमिन बैंकले धितो नराख्ने समस्यालाई नीतिगत रुपमा समाधान गर्ने, कृषकको आत्मविश्वास वृद्धि गर्ने वातावण निर्माण गर्ने, क्षेत्र नम्बर ३ को समग्र विकासका लागि थप नयाँ बृहत्तर विकासका गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । 

यसैगरी नागरिकसँग प्रत्यक्ष रुपमा समन्वय गरेर नागरिकका समस्या समस्या समाधानमा जोड दिने, इमान्दारिता, पारदर्शिता, जवाफदेहितालाई आत्मसाथ गर्दै नागरिकलाई छिटो(छरितो ढंगले सेवा प्रदानमा पहल गर्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ९ख० सभापति राजेन्द्र आचार्यले संचालन गरेको प्रतिज्ञापत्र घोषणा सभा कार्यक्रममा बाँके क्षेत्र नम्बर ३ ९क० का सभापति केशव शाहले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…