Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाले गाउँको खेतमै उत्रिए उम्मेदवार दिपेन्द्र बिष्ट

डेक्स

डेक्स

बाले गाउँको खेतमै उत्रिए उम्मेदवार दिपेन्द्र बिष्ट
ADVERTISEMENT

नेपालगन्ज, ७ फागुन । बाँके क्षेत्र नं। २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका–१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा केवल औपचारिक भेटघाट मात्र गर्नुभएन, खेतमै पुगेर किसानसँग काममा सघाउँदै आत्मीय सम्बन्धको सन्देश दिनुभयो।

प्रचारप्रसार टोलीसहित गाउँ पुगेका बिष्ट स्थानीय बासिन्दासँग संवाद गर्दै खेततर्फ लाग्नुभयो। त्यहाँ आलु र तरकारी व्यवस्थापन व्यस्त किसानसँग हातेमालो गर्दै उहाँले श्रमको सम्मान र किसानप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउनुभयो। उम्मेदवार आफैं खेतको माटोमा उत्रिएपछि किसानहरू आश्चर्य र खुशी दुवै देखिन्थे।

खेतमा सघाउँदै बिष्टले कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक नीतिगत पहलको कुरा पनि राख्नुभयो। सिँचाइको समस्या, मल–बीउको उपलब्धता र बजार सुनिश्चितताको विषयमा किसानसँग खुला छलफल गर्दै दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलो अभियानका क्रममा बाले गाउँका टोल–टोलमा देखिएको उत्साह र खेतमै देखिएको आत्मीय दृश्यले चुनावी माहोललाई थप सकारात्मक बनाएको छ। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मले उम्मेदवारको सरल स्वभाव, नम्र व्यवहार र श्रमप्रतिको सम्मानलाई प्रशंसा गरेका छन्।

नेपालगन्ज–१४ को बाले गाउँमा देखिएको यो दृश्यले चुनावी अभियानलाई केवल प्रचारको कार्यक्रम नभई विश्वास र सम्बन्ध निर्माणको यात्रामा रूपान्तरण गरेको विश्लेषकहरू बताउँछन्। खेतको माटोसँगै जोडिएको यो आत्मीयता आगामी दिनमा कस्तो परिणाम दिन्छ, त्यो समयले देखाउनेछस तर अहिलेका लागि भने बाले गाउँमा दिपेन्द्र बिष्टको स्वभावले किसानहरूको मन जितेको छ

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…