Pairabi logo

असोज २६, २०८३, सोमबार                    

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

डेक्स

डेक्स

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित
ADVERTISEMENT

कोहलपुर, फागुन ७ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं.१ का काँग्रेस उम्मेदवार नारायण प्रसाद गौडेलले विहीबारदेखि राप्तीसोनारीमा घरदैलो अभियान सुरु गरेका छन् ।

राप्तीसोनारीमा गौडेलको घरदैलो ११ गतेसम्म चल्ने क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए । पहिलो दिन राप्तीसोनारी गाउँपालिका वडा नं.२, ५ र ९ का विभिन्न वस्तीमा भएको छ । वडा नं.२ को माछेबासमा काँग्रेस वडा कार्यसमितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उम्मेदवार गौडेलले स्थानीयका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

‘बाटोघाटो, पुलपुलेसा जस्ता विकास निर्माणका विषयहरु यहाँका दाजुभाइ–दिदीबहिनीहरुले उठाउनुभएको छ उनले भने–‘यी मागहरु स्वाभाविक छन् र म निर्वाचित भएमा यिनलाई सम्बोधन गर्न पहल गर्छु ।’ उनले स्थानीय र प्रदेश सरकारले पूर्वाधार विकासका केही काम अघि बढाइरहेको उल्लेख गर्दै केन्द्रबाट नीतिगत सुधार आवश्यक रहेको धारणा पनि राखे ।

आफु निर्वाचित भएर प्रतिनिधिसभामा पुगे नीति निर्माण तहमा आवाज उठाउनु नै आफ्नो मुख्य प्राथमिकता हुने उनको भनाइ छ । राप्तीसोनारी क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँका बासिन्दा वर्षौँदेखि वन्यजन्तुको आतंकसँग जुधिरहेका छन् ।

खेतबारीमा वन्यजन्तुले अन्नपात खाएर क्षती पुर्याइरहेका छन् भने बाघ, हात्ती लगायतका जनावरले असुरक्षा बढाइरहेका छन् । गौडेलले यस विषयलाई आफ्नो अभियानको मुख्य एजेन्डा बनाएको बताए । उनले भने–‘यो समस्या भाषण गरेर समाधान हुँदैन, ऐन नै संशोधन गर्नुपर्छ ।

मलाई जिताएर संसद पठाउनुहोस्, म त्यहाँबाट यो ऐन संशोधनका लागि बोल्छु ।’ गौडेलको यो भनाइले स्थानीयमा केही आशा जगाएको देखिन्थ्यो । स्थानीय भीमा ओलीले भनिन्–‘हामीले धेरै पटक नेताहरुलाई यो कुरा सुनाएका छौँ, तर समाधान भएको छैन ।

यसपटक गौडेललाई जिताउने हो भने साँच्चै काम हुन्छ कि भन्ने आशा लागेको छ ।’ चुनावी व्यस्तताका कारण प्रत्येक मतदाताको घरमा व्यक्तिगत रुपमा पुग्न सम्भव नहुने कुरा गौडेलले खुलेर स्वीकारेका छन् । तर उनले स्थानीय पार्टी नेता–कार्यकर्तालाई ‘स्वयं उम्मेदवार’ बनेर जनतासम्म पुग्न आग्रह पनि गरेका छन् । ‘हामी सबै मिलेर जनताको घरदैलोमा पुग्नुपर्छ ।

तपाईँहरु पनि आफैँलाई उम्मेदवार ठानेर सबैको घरमा पुग्नुहोस् र काँग्रेसको पक्षमा मत माग्नुहोस्’–उनले कार्यकर्तालाई निर्देशन दिए । भेलामा तरुण दलका राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, टोपबहादुर खड्का, होमराज अधिकारी, दिलबहादुर बस्नेत, शेरबहादुर ओली लगायतले उम्मेदवार गौडेल समक्ष स्थानीय समस्याहरु सुनाएका थिए ।

गौडेलले ती समस्या सम्वोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आफू सधै तत्पर रहेको विश्वास दिलाए । घरदैलो कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, अग्रज नेता हुर्मत न्यौपाने, पार्टी प्रवक्ता डिल्ली गिरी, प्रदेश ‘क’ का सभापति अमर बुढाथोकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विहीबार वडा नंं ५ का जुरपानी, बनजरिया, गोभारपुर, वडा नं.२ का माछेबास, मधुवा, शम्शेरगन्ज, राजपुर र वडा नं.९ को ढकेरीमा घरदैलो कार्यक्रम गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…