Pairabi logo

मंसिर १२, २०८३, शुक्रबार                    

‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला

डेक्स

डेक्स

‘देशको नीति राम्रो भएपछि मात्र राष्ट्र र जनता समृद्ध हुने हो’ : उम्मेदवार कोइराला
ADVERTISEMENT

नेपालगन्ज, फागुन ७ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सांसदले देशको नीति राम्रो भएपछि मात्र देश र जनता समृद्ध हुने धारणा ब्यक्त गरेका छन् ।

महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीबार ९आज० आयोजना गरेको ‘एजेन्डा बस कार्यक्रम’ मा आफ्नो धारणा राख्दै उनले मतदातालाई भेट्ने क्रममा आफुले उधारो र पुरा गर्नै नसकिने आश्वास अहिले नबाँडेको बताए ।

‘सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन,’ उनले भने, ‘सांसद भईसकेपछि सरकारसँग पहल गरेर आफ्नो क्षेत्रको विकासमा कसरी पहल गर्न सक्छौं, हामीले आफ्नो क्षेत्रका जनताको स्तर कसरी माथी उठाउन सक्छौं, विकास भनेको सडक र नाला मात्र होईन, मानविय विकासमा पनि हामीले ध्यान दिनुपर्छ ।’

 जनताले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेर पठाईसकेपछि यही ठाउँका जनतासँग हातेमालो गरेर आफुले स्वास्थ्य, शिक्षा, कृषि, अपांगता, दलित, मधेसी, मुस्लिम लगायत समुदाय तथा क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा विभिन्न समस्याहरु रहेको कुरा आफुले राम्रोसँग बुझेको भन्दै यि समस्यालाई समाधान गर्नका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए ।

 ‘नेपालगन्जमा फोहोर व्यवस्थापन, पार्किङ जस्ता समस्याहरु छन्, यि लगायत बाँकेको क्षेत्र नम्बर २ मा देखा परेका समस्यालाई समाधान गर्न एउटा ठोस नीति बनाउन आवश्यक छ,’ उम्मेदवार कोइरालाले थपे । बहस कार्यक्रमका सञ्चालकले राखेको प्रश्नको जवाफमा कोइरालाले आफु नेताभन्दा पनि सेवक बनेर जनतको काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सुरुदेखी अन्तिम समयसम्म समय दिएर बसेका युवा उम्मेदवार कोइरालाले हरेक समस्याका पछाडी समाधान पनि रहेको बताए । अर्को प्रसंगमा उनले आफु सांसदमा निर्वाचित भएपछि जनताले खोज्न नपर्ने गरी सेवा दिने प्रतिवद्धता पनि जनाए ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई वातावरणमैत्री बनाउन अधिकतम रुपमा रुख, विरुवा रोपेर शहरभित्र रहेका ताल, तलैयाहरु पनि संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे ।

शिक्षा क्षेत्रका विषयमा उठेको प्रश्नको जवाफमा उम्मेदवार कोइरालाले कुल बजेटको २५ प्रतिशत जति बजेट छुट्याइयो भने शिक्षक दरबन्दी, शिक्षकले पाउने तलब बृद्धि, भौतिक संरचना निर्माण र शिक्षाको गुणस्तर सुधार गर्न सकिने बताए । ‘यो काम अब बन्ने सरकारले गर्नुपर्छ, यसका लागि हामी जोडदार रुपले आवाज उठाउनेछौं,’ उनले अगाडी थपे । 

ताजा

सबै

बाँकेमा पत्रकारहरुको विरोध प्रदर्शन

नेपालगन्ज, ९ मासिंर । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिब्यक्ति स्वतन्त्…

लैगिक हिंसा पीडितलाई निःशुल्क कानूनी सहयोग गरिने

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

लोकप्रिय

सबै

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला तथा धनुष यज्ञ शुरु

डुडुवा (बाँके) ६ मसिंर। बाँकेको डुडुवा गाउँपालिका४ स्थित राप्ती नदीको सिधनियाघाटम…

युवा अभियन्ताको समीक्षा, दिगोपन योजना तथा आगामी रणनीति विकास कार्यशाला सम्पन्न

राजापुर, (बर्दिया) ७ मसिंर । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेद…

सिधनियाघाटमा तीनदिने कार्तिक पूर्णिमा मेला सुरु हुँदै

नेपालगन्ज, ६ मसिंर । बाँकेको डुडुवा गाउँपालिका४ राप्ती नदीस्थित सिधनियाघाटमा कार्ति…

गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वमा १०१ जनाले गरे रक्तदान

बाँके, ७ मसिंर । गरिमा बिकास बैंकको २०औं बार्षिकोत्वको अवसरमा आयोजित बृहत रक्तदान …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…