Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

डेक्स

डेक्स

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक
ADVERTISEMENT

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । बाँकेमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

बाँकेको निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिको विकासका लागि स्थानीय सरकारको सहभागितामा साझा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभयो । 

सो पार्टीले प्रतिबद्धतापत्रमा भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, सीमावर्ती व्यापार, भन्सार र खुला सीमाबाट सिर्जित चुनौती समाधानका लागि सङ्घीय नीतिमा पहल गर्ने, शिक्षाको गुणस्तर सुधारका लागि गुरुयोजना निर्माण गर्ने, आकाशे पुल, निर्माणलगायत विषयलाई प्राथमिकतामा राखिएको छ । 

एमाले उम्मेदवार राईको प्रतिबद्धता 

बाँकेको क्षेत्र नं २ का नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । 

प्रतिबद्धता पत्रमा पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म, संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबास, गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर र लागुऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा विभिन्न बुँदा उल्लेख छ । 

राईले आधुनिक क्रिकेट रङ्गशाला निर्माण, नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि कूटनीतिक पहल, नेपालगञ्ज चक्रपथ, डुडुवामा बाढी र डुबान रोक्न तटबन्ध, राप्तीको पानी नेपालगञ्ज ल्याएर पिउने पानीको व्यवस्था गर्ने, नेपालगञ्जमा आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता पत्रमा समावेश गर्नुभएको छ । 
    
नेकपाका युवा उम्मेदवार विष्टको प्रतिबद्धतापत्र    

नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०को तर्फबाट बाँके निर्वाचन क्षेत्र नं २ का युवा उम्मेदवार दीपेन्द्र विष्टले विभिन्न १४ शीर्षकमा छ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । 

प्रतिबद्धता पत्रको मूल आत्मा ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान रहेको देखिएको छ ।  विष्टले भ्रष्टाचारमुक्त क्षेत्र निर्माणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ । 

यसअन्तर्गत प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने, डिजिटल उजुरी प्रणाली सञ्चालन गर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी कानुनी कारबाही अघि बढाउने व्यवस्था गर्नेजस्ता उपायलाई प्राथमिकतामा राखिएको छ ।

सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राखिएको यो अवधारणाले प्रशासनिक सुधारलाई राजनीतिक अठोटसँग जोड्ने प्रयास प्राथमिकतामा राखिएको छ । युवा उद्यमी विष्ट आफैँ पनि ‘आइक्यास’ नामक डिजिटल पे कम्पनीका सञ्चालक हुनुहुन्छ ।

उहाँको प्रतिबद्धतामा नेपालगञ्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । “नागरिकका दैनिक कामलाई सहज बनाउन सिफारिस, कर भुक्तानी तथा अन्य सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराइनुपर्छ”, विष्टले भन्नुभयो । 

उहाँको प्रतिबद्धतामा, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने, फाइलको अवस्था नागरिकले आफैँ अनलाइनमार्फत हेर्नसक्ने व्यवस्था लागू गरिने उल्लेख छ । त्यसबाहेक युवा रोजगारी र उद्यमशीलता, पर्यटन र अर्थतन्त्र, बाढी समस्या र जोखिम व्यवस्थापन, कृषि, उद्योग र व्यापारिक हबलगायत विषय छन् । नेपाली कांग्रेस बाँकेले दुई दिनपछि प्रतिबद्धतापत्र सार्वजनिक गरिने जनाएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…