Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा

डेक्स

डेक्स

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा
ADVERTISEMENT

कोहलपुर ६ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं। १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज कोहलपुरमा घरदैलो सक्दै हुनुहुन्छ ।

आज कोहलपुर नगरपालिका वडा नं।१२ र १३ मा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताउनुभयो। भोलिदेखि भने राप्तीसोनारीका ९ वटा वडामा घरदैलो कार्यक्रम सुरु हुने पनि उनले जानकारी दिनुभयो ।

बुधवार भने एकै दिन गौडेलले कोहलपुरका तीन वडामा घरदैलो गर्नुभएको छ । कोहलपुर नगरपालिका वडा नं। ९ झण्डवा, वडा नं। १४ पार्वतीपुर र उढारपुर तथा वडा नं।

१५ अकलघरुवा, चौधरिया र चन्हमा घरदैलो गरेको काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो । वडा नं।९ मा वडा कार्यसमितिका कार्यबाहक सभापति गंगा ओली, वडा नं। १४ मा वडा कार्यसमितिका सभापति रञ्जित थापा र वडा नं।

१५ मा वडा कार्यसमितिका कार्यबाहक वडा सभापति दुर्गा बहादुर हमालको अगुवाइमा घरदैलो भएको हो । घरदैलोका क्रममा स्थानीयहरूले बाटोघाटो, पुलपुलेसा, कृषि, सिँचाइ, सुकुम्बासी समस्या, बेरोजगारी लगायतका विषयहरु उठाउने गरेका छन् ।

काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले विकास निर्माणका काममा काँग्रेसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउँदै अब आफूले नीतिगत रूपमा समस्या समाधानका लागि पहल गर्ने भएकाले आफूलाई जिताउन आग्रह गर्नुभयो ।

गौडेलको घरदैलोमा व्यस्त काँग्रेस नेतृ सञ्जु कुमारी थारुले मुलुक अहिले विषम अवस्थामा रहेको र २०८४ सालमा हुनुपर्ने निर्वाचन विषम अवस्थाकै कारण २०८२ मै हुन लागेकाले मतदाताहरुले अत्यन्तै विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले भावना र उत्तेजनाको राजनीतिले समाजको समस्या समाधान गर्न नसक्ने भएकाले सुझबुझपूर्ण तरिकाले मतदान गर्न आग्रह गरिन् । उहाँले मुलुकको विषम परिस्थितिलाई काँग्रेसले सही ढंगबाट अवतरण गराएका विगतका दृष्टान्तहरुलाई आत्मसात् गर्दै काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो।

बाँके काँग्रेसको राजनीतिमा लामो समय संगठन निर्माणमा सक्रिय भएको, तल्लो तहमा बसेर जनताको सुखदुःखमा साथ दिएको नेता उम्मेदवारका रूपमा पाउँदा आफूहरु खुसी भएको मतदाताहरू बताउँछन् ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…