Pairabi logo

असोज २६, २०८३, सोमबार                    

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन

डेक्स

डेक्स

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउनु पर्छः अमर सिंह पुन
ADVERTISEMENT

खजुरा (बाँके) फागुन ५ । बाँके क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई बाँके क्षेत्र नम्बर ३ को समृद्धिसँग जोडनुपर्ने बताउनुभएको छ । 

प्राविधिक विश्वविद्यालय अहिलेको आवश्यकता भएको बताउँदै पुनले युवालाई देशमै रोजगार सृजना गर्ने थलोका रुपमा विश्वविद्यालयलाई बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले भन्नुभयो, ‘प्राविधिक विश्वविद्यालयलाई समृद्धिको साधन बनाउने हाम्रो लक्ष्य हो । प्रविधिको विकासका लागि नेपाली कांग्रेसले युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र योजना बनाएर काम गरिरहेको छ ।

रुपान्तरित कांग्रेसको नेतृत्व नै युवाको काँधमा छ । प्राविधिक शिक्षालाई समृद्धिसँग जोडेर युवालाई रोजगारी सृजना गर्न कांग्रेसले नयाँ नीति बनाएर काम गर्नेछ ।’

पुनले देशको आर्थिक विकासको गतिलाई बढाउन प्राविधिक शिक्षा अनिवार्य भएको बताउनुभयो । प्रदेशकै गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा व्यवस्थापनको समस्यालाई समाधान गर्न आफूले मुख्य एजेन्डा बनाएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

लुम्विनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थासहित भवन निर्माण र खजुरामै कक्षा संचालनमा सहयोग गर्ने पुनले बताउनुभयो । 

हाल लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्वविद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो ।

२०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्ने कार्यको सुरुवात गरिएको थियो । तर, आफ्नो स्थायी भवनको अभावका कारण अझै पनि विश्वविद्यालयले भाडाकै घरमा बसेर पढनपाठन गराउने काम गरिरहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…