Pairabi logo

असोज २६, २०८३, सोमबार                    

एमाले उम्मेदवार राईद्धारा प्रतिबद्धता पत्र सार्वजनिक

डेक्स

डेक्स

एमाले उम्मेदवार राईद्धारा प्रतिबद्धता पत्र सार्वजनिक
ADVERTISEMENT

नेपालगन्ज । नेकपा एमाले बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का आफ्ना उम्मेदवारको प्रतिवद्धता पत्र सोमबार सार्बजनिक गरेको छ । उक्त क्षेत्रका उम्मेदवार एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईसहित उपस्थित नेताहरुले औपचारिक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

विभिन्न विषयलाई समेटेर तयार गरिएको उक्त पत्रमा पुर्वाधार तथा सहरी विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन विकास, औद्योगिक ब्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबासलाई समेटिएको छ ।

यस्तै नीतिगत सुधार सम्बन्धमा गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन सहरी व्यवस्थापन र आर्थिक अवसर, लागुऔषध नियन्त्रण र सुरक्षित समाज  निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी पुर्वाधार विकास तथा सहरी विकासतर्फ नेपालगन्जमा आकाशे पुल, आधुनिक क्रिकेट रंगशाला, आधुनिक सुविधा सम्पन्न पार्क निर्माण, बाढी र डुबान नियन्त्रण गर्न आवश्यक ठाउँमा तटबन्ध निर्माण, नेपालगन्ज र डुडुवा क्षेत्रभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सडक विस्तार, नेपालगन्ज–नरैनापुर–दाङ जोड्ने सडक निर्माणको पहल गर्ने, सिक्टा सिचाइँ आयोजनालाई आगामी ५ वर्षभित्र सम्पन्न गरी नहर विस्तार गर्दै क्षेत्र नम्बर २ मा समेत सिचाइँ पुर्याउने उम्मेदवार राईले प्रतिवद्धता गर्नुभयो । 

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रलाई ५ वर्षभित्रमा निर्माण पुरा गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहल गर्ने, कुटनीतिमार्फत आइसिपीलाई सुख्खा बन्दरगाहका रुपमा विकास गर्न पहल गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय विश्वविद्यालयका रुपमा विकास गर्ने, भेरी अस्पतालमा अत्याधुनिक र व्यवस्थित मर्चरी चेम्बर९शव राख्ने० सेवा सुदृढ गरिनुका साथै व्यवस्थित पोष्टमार्टमका लागि संरचनागत सुधार गर्ने, कृषकहरुका लागि मलखाद, बीउ र सिंचाइसहित आधुनिक कृषि औजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता पत्रमा समेटिएको छ । 

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, गोबर्धनधाम, सन्तानेश्वर, बर्फानी बाबा, कम्मरसा बाबा लगायत धार्मिक आस्थाका केन्द्रहरुको प्रचार–प्रसारमार्फत धार्मिक पर्यटन तथा सद्भाव प्रबद्र्धन गरिने, राप्ती नदीको सिधनिया घाटमा निर्माण गर्न लागिएको बैकुण्ठधाम सिधनिया घाटलाई पूर्णता दिइने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रबद्र्धन हेतु सडकमार्ग विस्तार गर्न पहल गर्ने, नयाँ पुस्ताले समेत उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त सरकारी सेवाको माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…