Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जका २० बिद्यालयमा शून्य फोहोर कार्यक्रम

डेक्स

डेक्स

नेपालगन्जका २० बिद्यालयमा शून्य फोहोर कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माबि स्तरिय बिद्यालयहरुमा बिद्यालयमा शुन्य फोहोर कार्यक्रम सञ्चालन भएको छ । 

बिद्यालयलाइ शुन्य फोहोर बनाउने उद्धेश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्ग उक्त कार्यक्रम सञ्चालन गरेको हो । 

ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालले सञ्चालन गरेकोे उक्त बिद्यालयमा शुन्य फोहोर कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा उपमहानगरपालिका भित्र रहेका २० वटा बिद्यालयहरुको छनौट गरि बिद्यालयमा शुन्य फोहोर कार्यक्रम अगाडी बढाएको ग्रीन नेपालगन्ज : सामुदायिक फोहोर रुपान्तरण परियोजनाका सयोजक मन भण्डारीले बताउनुभयो  । 

२० वटा बिद्यालयहरुमा १०  जना सहजकर्ताहरुले कक्षा सञ्चालन गरिरहेका छन् । कक्षा सञ्चालन गर्नु पुर्ब १० जना सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण प्रदान गरी बिद्यालयहरुमा कक्षा सञ्चानलको जिम्मेवारी दिएको थियो । 

२० बिद्यालयहरुमा १० जना सहजकर्ताहरुले फोहोर ब्यवस्थापन सम्बन्धी ७ वटा बिषयबस्तुहरुमा कक्षा सञ्चालन गरिरहेका छन् । प्रत्येक कक्षामा ४० जना बिद्यार्थीहरु सहभागी हुँदै आएका छन् भने शुरुवाती चरणमा कार्यक्रमको बारेमा जानकारी गराउँदै ७ वटै शेषनको बारेमा जानकारी गराईएको थियो । 

विद्यार्थी तथा शिक्षकहरूलाई फोहोर कम गर्ने, व्यवस्थापन गर्ने तथा दिगो जीवनशैली अपनाउने विषयमा प्रेरित गर्दै सञ्चालन गरिएको कक्षामा बिद्यार्थीहरुलाई न्युज प्रिन्ट, मेटाकार्डको माध्यामबाट र प्रोजेक्टरबाट सहजकर्ताहरुले सहजीकरण गर्दै आएका छन् ।

बिद्यार्थीहरुले उत्साहका साथ कक्षा लिईरहेका र समुहकार्यले बिद्यार्थीहरु निकै उत्साहित भएको पाईएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…