Pairabi logo

असोज २६, २०८३, सोमबार                    

किसानका पीर(मर्का बुझ्ने पार्टी नै कांग्रेस हो : तिमिल्सिना

डेक्स

डेक्स

किसानका पीर(मर्का बुझ्ने पार्टी नै कांग्रेस हो : तिमिल्सिना
ADVERTISEMENT

नेपालगञ्ज, फागुन २ । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गर्नुभएको छ।

नेपाल किसान महासंघ बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मदवारहरुसंग किसानहरुको प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रमु मा बोल्दै तिमिल्सिनाले कृषि क्षेत्रको बृहत्तर विकास र किसान बर्गको हित तथा उत्थानका लागि कांग्रेस मात्रै जिम्मेवार पार्टी भएको बताउँदै कांग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । 

क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले किसानका पीर९मर्का बुझ्ने पार्टी कांग्रेस नै भएको बताउनुभयो। पुनले कांग्रेसले स्थापना कालदेखि नै किसानमैत्री पार्टीको छबि बनाएको उल्लेख गर्नुभयो।

उहाँले किसान लगायत सबै बर्गलाई समेटेर मुलुक निर्माण कार्यको नेतृत्व लिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गर्नुभयो । पुनले लोकतन्त्र र संविधान संकटमा परेको बेला मुलुकको सबैभन्दा जिम्मेवार पार्टी नेपाली कांग्रेसका पक्षमा मत जाहेर गर्न आमकिसानलाई आह्वान समेत गर्नुभयो । 

क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेस किसानहरुकै पार्टी भएको बताउनुभयो । उहाँले कांग्रेसले किसानका वास्तविक समस्या बुझेको जिकिर गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण र ब्यवसायीकरणका लागि काम गर्दै आएको बताउनुभयो। किसान बर्गको उत्थानका लागि काम गर्ने गौडेलको प्रतिबद्धता छ ।  

क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सचिव, युवा नेता शुधान्सु कोइरालाले योजना बनाउँदा किसानलाई सम्झेर बनाउनुपर्दछ भन्ने महामानव वीपी कोइरालाको दर्शनले कांग्रेस पार्टी अभिप्रेरित रहेको बताउनुभयो ।

किसानलाई माया गर्ने पार्टी कांग्रेस नै रहेको जिकिर गर्दै उनले बाँकेमा किसानका लागि अमृत सावित भइरहेको सिक्टा सिंचाई आयोजना ल्याउने ब्यक्ति नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला रहेको स्मरण गराउनुभयो । 

नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अस्मिता शाह महतराले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा लगायत पार्टी तथा किसान महासंघका नेता/कार्यकर्ताहरुको उपस्थिति थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…