Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन

डेक्स

डेक्स

सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन
ADVERTISEMENT

बाँके, फागुन २ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको बताउनु भएको छ । 

बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली भुमिको रक्षा गर्ने सीमा क्षेत्रका जनता धन्यवादको पात्र भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई म आत्मदेखि नै धन्यवाद दिन चाहन्छु । जय नेपाल भन्न चाहन्छु । तपाईहरु नेपाली भुमिको पहरेद्धार हो । यो भुमीलाई बचाउनु भएको छ ।’

आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले सीमावर्ती क्षेत्रको जनताको समस्यालाई नीतिगत रुपमा समाधान गर्न आफुले पहल गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘मेची देखी महाकाली सम्म सीमा क्षेत्रको समस्या छन् । त्यसको समाधान नीतिगत रुपमा राज्यले गर्नु पर्छ । मैले सीमावर्ती क्षेत्रको समस्या समाधानको लागि नीतिगत रुपमा एजेन्डा बनाएर त्यसको दिर्घकालिन समाधानको लागि प्रयास गर्नेछु ।’

बाँके क्षेत्र नम्बर ३ को दक्षिण तर्फको भुभाग नेपाल–भारतको सीमाना पर्छ । यहाँका स्थानीयहरुको जमिन बैंकले धितो राख्ने गरेको छैन् । जमिन तर बैंकले धितो राख्दैन । जसका कारण सीमावर्ती क्षेत्रका नेपाली जनताका नागरिकले आर्थिक रुपमा पाउने सुविधाबाट बञ्चित हुनु परिरहेको छ । 

सीमावर्ती क्षेत्रका जनताहरुमाथि भैरहेको अन्यायलाई समाधान गर्न आफुले पहल गर्ने पुनले प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नु भयो,‘सीमा क्षेत्रका जनताको जमिन बैंकले धितो नै नराख्नु अन्याय हो । मुल्यांकन रकम कम होला तर राख्नै नपाउनु भनेको यहाँको जनतामाथि राज्यले गरेको अन्याय हो ।’

सभापति पुनले बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका नयाँ एजेन्डासहित आफु मतदाताहरुसँग भेटघाट गरिरहेको बताउनु भयो । नेपालको आर्थिक उन्नतीको लागि पनि तराई क्षेत्रको विकास जरुरी रहेको बताउँदैं पुनले क्षेत्र नम्बर ३ लाई आर्थिक विकासको लागि नयाँ एजेन्डा बनाएर काम गर्ने बताउनु भयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…