Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गौडेलद्धारा आफ्नै वडाबाट घरदैलो

डेक्स

डेक्स

गौडेलद्धारा आफ्नै वडाबाट घरदैलो
ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल कोहलपुर नगरपालिका वडा नं।३ स्थित आफ्नै वडामा घरदैलो गर्नुभएको छ । शनिवार विहान मदनचोकमा उहाँले घरदैलो गर्नुभयो ।

स्थानीय नेता तथा कार्यकर्तासँगै गौडेल निस्किँदा स्थानीय बासिन्दा उत्साहित देखिन्थे । मदनचोकका गल्ली(गल्लीमा पुग्दा स्थानीयले गौडेललाई फुलमालाले स्वागत गरेका थिए ।  नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको वडा सभापति गणेश थापाले जानकारी दिनुभयो । 

“आफ्नै वडाको मान्छे उम्मेदवार भएर आएको देख्दा हामीलाई गर्व लागेको छ,” स्थानीयले एउटै स्वरमा भने । काँग्रेसजस्तो लामो राजनीतिक विरासत बोकेको दलबाट आफ्नै वडाबासी व्यक्ति उम्मेदवार बनेपछि स्थानीयमा छुट्टै उत्साह देखिएको थापा बताउँछन् ।

घरदैलोका क्रममा गौडेलले मतदातासँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराउनुभयो । उहाँले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो प्राथमिकता बनाउने बताउनुभषे।

स्थानीय बासिन्दाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा युवाका रोजगारीजस्ता विषय उठाउँदै आफ्ना मागहरु राखेका थिए । गौडेलले ती मागलाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि आफू सधैँ तत्पर रहने बताउनुभयो ।

उहाँले “जनतासँग प्रत्यक्ष भेटघाट गरेर समस्या बुझ्नु नै लोकतन्त्रको मूल भावना हो” भन्दै आफ्नो अभियान जनताको घरदैलोमै केन्द्रित रहने बताउनुभयो।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…