Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला

डेक्स

डेक्स

जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला
ADVERTISEMENT

नेपालगन्ज २७ माघ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समिति बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको बृहद् जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सुशासन र पारदर्शितामार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । 

संविधान पिता तथा त्यागी नेता सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गर्दै कोइरालाले उक्त क्षेत्रको राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने धारणा राख्नुभयो । उहाँले सुशील कोइरालाले स्थापित गरेको इमानदार राजनीति, त्याग र समर्पणको मार्गलाई आत्मसात गर्दै आफू अघि बढ्ने बताउनुभयो ।

कोइरालाले नेपाली काँग्रेसभित्र आएको परिवर्तनले कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गर्नुभयो। जेनजी आन्दोलनले पार्टीलाई समयअनुकूल रूपान्तरणतर्फ अघि बढाएको भन्दै उहाँले अहिले पार्टी संगठन थप सक्रिय र सशक्त हुँदै गएको दाबी गर्नुभयो ।

उहाँका अनुसार कार्यकर्ताको एकता, सक्रियता र योजनाबद्ध अभियान सञ्चालन गर्न सके चुनावी विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो । 

कोइरालाले पार्टी नेतृत्वप्रति पनि विश्वास व्यक्त गर्दै नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन बाँकेबाट निर्वाचन लड्नु जिल्लाकै गौरव भएको बताउनुभयो। उहाँले पुनको नेतृत्वलाई मार्गदर्शनका रूपमा लिँदै संगठन सुदृढीकरण र चुनावी अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो। “हामीले सक्षम अभिभावक नेतृत्व पाएका छौं, जसले हामीलाई सही दिशा दिनेछ,” उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नभई जनताको विश्वास जित्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले पारदर्शी र उत्तरदायी शासनमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो । 

कोइरालाले बाँके क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले स्पष्ट योजना र प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो।

भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति तथा बाँके क्षेत्र नं।३ का सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं।१ का उम्मेदवार नारायण प्रसाद गौडेल लगायले सम्वोधन गर्नुभयो ।

 कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको थियो भने संचालन सचिव सञ्जु कुमारी थारुले गर्नुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…