Pairabi logo

असोज २६, २०८३, सोमबार                    

‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

डेक्स

डेक्स

‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला
ADVERTISEMENT

नेपालगन्ज, माघ २५ : नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफु झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याउनुभएको छ ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको उहाँल् चुनावको मुखमा झुटो बोल्ने प्रवृत्तिकै कारण विगतमा राजनीतिप्रतिको विश्वास विगतमा घटेको बताउनुभयो । 

बाँकेको क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपलिकाको वार्ड नं ३ र ५ का मतदाताहरुसंग भेटघाटका क्रममा आइतबार उम्मेदवार कोइरालाले नेपाली कांग्रेसका उम्मेदवारले जनतासँग कहिल्यै झुटो नबोल्ने बताउनुभयो । ‘म तपाईहरुलाई झुटो आश्वासन दिदैन, मेरो क्षमताले गर्न सक्ने काम मात्रै गर्छु भन्छु, आफुले गर्न नसक्ने काममा उधारो र झुटो आश्वासन दिदैन,’ उहाँले भन्नुभयो, ‘बरु चुनाव जितेपछि क्षेत्र नम्बर २ को विकास के कसरी गर्ने भनेर तपाईहरुबाट सल्लाह, सुझाव लिएर अगाडी बढ्नेछु ।’

भेटघाटका क्रममा जनताले उठाएका समस्यालाई सरकार र सदन समक्ष पुर्याएर समाधान गर्न ठोस रुपमा पहल गर्ने युवा उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाउनुभयो । 

कामको अवस्था हेरेर स्थानीय, प्रदेश र संघिय सरकारबाट आफुले आवश्यक पहल गर्ने उहाँको भनाई छ । सो क्रममा डुडुवाका स्थानीय बासिन्दाले सिक्टा सिंचाई आयोजनाको निर्माणाधिन सिधनिया शाखा नहरका विषयमा आफ्नो जिज्ञासा तथा गुनासो पोखेका थिए । नहर निर्माणको काम अधुरो हुँदा हरेक वर्ष खेतीयामको समयमा सिंचाई गर्न समस्या हुने गरेको उनीहरुको गुनासो थियो । 

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी ‘पप्पु’ले स्थानीय सरकारको बजेटबाट हुन सक्ने कामहरुलाई आफुले प्राथमिकतामा राखेको र ठुलो आकारको बजेटबाट हुने कामका लागि भावी कांग्रेसका युवा नेता कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

‘हामीले गर्न सक्ने काम गाउँपालिकामार्फत गर्छौ, हाम्रो क्षमताले नसक्ने काममा कोइरालामार्फत संघिय सरकारबाट बजेट ल्याएर पुरा गर्नेछौं,’ चौधरीले भन्नुभयो । अध्यक्ष चौधरीले कम्दी गाउभित्रको संगुरो सडक र नालाको समस्यालाई तत्काल सुधार गर्न यसै वर्ष सोको निमार्ण कार्य शुरु गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले पालिकाका प्राविधिक टोलीलाई तत्काल बोलाएर योजनाको इष्टीमेट गराउनुभएको थियो । 

उम्मेदवार कोइरालाले आइतबार डुडुवाको वार्ड नं ४ सिधनिया, ५ को कम्दी र बालबार र वार्ड नं ३ को हलकारापुर्वा, गाउँ तथा नेपालगन्जका विभिन्न स्थानमा भेटघाट गरेको कांग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…