Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का मतदातासंग भेटघाट

डेक्स

डेक्स

कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का मतदातासंग भेटघाट
ADVERTISEMENT

नेपालगन्ज, २२, माघ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बिहीबार ९आज० डुडुवा गाउँपालिकाको वडा नम्बर ४ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा मतदातालाई प्रत्यक्ष रुपमा भेटेर उनले आर्शिवाद मागिरहेका छन् ।

डुडुवा–४ को मोल्हुपुर्वामा आयोजित कार्यक्रममा उपस्थित स्थानीयले कोइरालालाई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडासभापति हरि रेउलेको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, कांग्रेसका पुर्वमहासमिति सदस्य एवम् अगुवा नेता मोहम्मद हलिम खाँ, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा नम्बर ४ का पार्टी सचिव बेलबहादुर बोहरा लगायत उपस्थित स्थानीयले कोइरालालाई यसपटक क्षेत्र नम्बर २ मा कांग्रेसकै पक्षमा माहोल देखिएको भन्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले आफुले क्षेत्र नम्बर २ का जनताको शिर सधैंभरी ठाडो हुने गरी काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । 

‘म पहिलो पटक चुनाव लडेको छु, मलाई एक पटक काम गरेर देखाउने अवसर दिनुस्,’ दुई हात जोड्दै उहाँले भन्नुभयो, ‘म सन्त नेता स्वर्गिय सुशिल कोइरालाको परिवारभित्रको एउटा सदस्य हुँ, मैले उहाँले छाडेर गएका अधुरा सपना पुरा गर्नेछु ।’ आफुले भ्रष्टाचार विरुद्ध सधैं आवाज उठाउने कोइरालाले बताउनुभयो ।

‘मलाई पुर्वप्रधानमन्त्री एवम् पुर्व पार्टी सभापति, सादगी नेता स्वर्गिय सुशिल कोइरालाले पनि यही कुरा सिकाउनु भएको थियो, म जनताका अगाडी शिर ठाडो पारेर हिड्नेछु, भ्रष्टाचारका विरुद्ध बोलिरहनेछु,’ उहाँले अगाडी थप्नुभयो  

उम्मेदवार कोइरालाले बिहीबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ को भग्रहवा, साहपुर्वा, अम्रहवा लगायत गाउँमा पनि चुनावी भेटघाट तथा घरदैलो गरेको युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिनुभयो । भेटघाटका क्रममा मतदाताले उम्मेदवार शुधान्सुप्रति निकै सकारात्मक प्रतिक्रिया दिएको र मान–सम्मान गरेको उहाँले बताउनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…