Pairabi logo

असोज २६, २०८३, सोमबार                    

‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ : उम्मेदवार कोइराला

डेक्स

डेक्स

‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ : उम्मेदवार कोइराला
ADVERTISEMENT

नेपालगन्ज, माघ २१ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेन–जी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरेको बताउनुभएको छ।

जेन–जी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको उहाँको भनाई छ । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव समेत रहेका उम्मेदवार कोइरालाले पार्टीभित्र आफ्नो नीति मात्रै नभएर काँग्रेसले नेतृत्व पनि परिर्वतन गरेको स्पष्ट पार्नुभयो ।

‘जेन–जी युवा समुहले भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाउँदै गर्दाखेरी देश दुर्घटनामा गयो, युवा साथीहरुले साहदत प्राप्त गर्नुपर्यो, देश जल्यो,’ उहाँले भन्नुभयो, ‘अहिले जेन–जीको सेन्टिमेन्टमा धेरै राजनीति गर्न खोजिदैछ, सबैभन्दा पहिले जेन–जीको भावना बुझेर कस्ले परिवर्तन गर्यो रु जेन–जीको भावना बुझेर सबैभन्दा पहिला परिवर्तन गर्ने पार्टी नेपाली काँग्रेस हो, उसले आफैबाट परिवर्तनको सुरुवात गरेको छ ।’ 

काँग्रेसले गरेको नीति र नेतृत्व परिवर्तन सुरुवात मात्रै भएको र अझै धेरै परिवर्तन काँग्रेसले गर्ने नेता कोइरालाले बताउनुभयो । ‘अझै धेरै परिवर्तन नेपाली कांग्रेसले गर्नेछ, यो चुनावमा देशभरका  १ सय ६५ जना उम्मेदवार मध्ये म जस्ता नयाँ अनुहारका १ सय ६ जना उम्मेदवार छौं, यो पनि एउटा कांग्रेसले सुरु गरेको परिवर्तन हो,’ उहाँले थप्नुभयो।

आफुले जनताको प्रतिनिधि भएर काम गर्दा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा सधैंभरी आवाज उठाउने बाँके क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार कोइरालाले प्रतिवद्धता जनाउनुभयो । 

देशमा प्राप्त उपलब्धी रहिरहोस््, संविधान बाँचोस् र कांग्रेस बलियो होस भनेर युवादेखी बृद्धहरु सम्म कांग्रेसको पक्षमा माहोल बनाउन अहिले दिनरात लागिरहेको भन्दै उहाले भन्नुभयो, ‘नेपालगन्जको वडा नम्बर १३ बाट जितको झण्डा फहराईसकेको छ, यो वडामा पनि मैले एकदमै उर्जा पाएको छु, यही उर्जा लिएर अरु वडामा पनि म जानेछु ।’ 

बाँके क्षेत्र नम्बर २ का आम मतदाताको विश्वासलाई आफुले तल–माथी हुन नदिने र विश्वासलाई डगमगाउन नदिने उनले प्रतिवद्धता जनाउनुभयो। 

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का सभापति शालिकराम शाहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेसका नेता सुदिपनरसिंह राणा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेता मोहम्मद याकुव अन्सारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका, वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…