Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

बाँकेमा अधिकास युवा उम्मेदवार

डेक्स

डेक्स

बाँकेमा अधिकास युवा उम्मेदवार
ADVERTISEMENT

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटक–पटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र युवा रहेका छन् ।

जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ६१ जनामध्ये अधिकांश उम्मेदवार युवा र नयाँ रहेकोले यस पटक कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।

नेपाली कांग्रेसले तीनवटै क्षेत्रमा नयाँ उम्मेदवारलाई अवसर दिएको छ । कांग्रेसबाट क्षेत्र नम्बर १ मा नारायण गौडेल, २ बाट सुधान्सु कोइराला र ३ बाट अमरसिंह पुन मैदानमा हुनुहुन्छ ।

नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै क्षेत्रमा युवा र नयाँ उम्मेदवार बनाएको छ । सो पार्टीले क्षेत्र नम्बर १ बाट नरेन्द्र पाण्डे, २ बाट दिपेन्द्र विष्ट र ३ बाट दिपक जिएम गरेर युवा र नयाँलाई अवसर दिएको छ ।

यसैगरि एमालेले पनि क्षेत्र नम्बर ३ बाट युवा सुमन मल्ललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि क्षेत्र नम्बर १ बाट प्रदिप साह, २ बाट ऋषिराज देवकोटा तथा ३ बाट तारकसिंह थारु गरेर नयाँ र युवालाई मिलाएर उम्मेदवार बनाएको छ । 

नयाँ पार्टी मानिने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुईवटा क्षेत्रमा नयाँलाई रोजेको छ भने एक क्षेत्रमा गत निर्वाचनका उम्मेदवारलाई अवसर दिएको छ । सो पार्टीबाट क्षेत्र नम्बर १ मा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेश चौधरी, क्षेत्र नम्बर २ मा युवा विवेक श्रेष्ठ र ३ बाट दलित अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालले पनि नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राई, सूर्यलाल यादव र बाबु खाँ पठानलाई टिकट दिएर नयाँ उम्मेदवार बनाएको छ ।  

यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएका मध्ये एमालेका पूर्वमन्त्री इश्त्यिाक राई, पूर्वसांसद सुर्य ढकाल र मल्ल, कांग्रेसका कोइराला, गौडेल र पुन, नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, बिष्ट र जिएम, रास्वपाका श्रेष्ठ र सुनार, राप्रपाका देवकोटा र थारु तथा लोकतान्त्रिक प्रगतिशिल पार्टीका कृष्णा केसी नमुना र जनता समाजवादी पार्टी नेपालका राई निकै चर्चित र प्रतिस्पर्धा गर्ने उम्मेदवार मानिएका छन् ।  

ताजा

सबै

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…