Pairabi logo

माघ १०, २०८२, शुक्रबार                    

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डेक्स

डेक्स

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै
ADVERTISEMENT

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन विशेष तयारी गरिएको छ । आज शुक्रबारदेखि १० दिनसम्म अभियान सञ्चालन हुनेछ ।

यस पटकको अभियानलाई प्रभावकारी बनाउन दिनभर र साँझ रातीको समयमा स्वास्थ्यकर्मीहरु घरदैलो गरेर औषधी खुवाइने स्वास्थ शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

‘गाउँ, टोलटोल मै पुगेर जहाँ औषधी खुवाउन समस्या हुन्छ, त्यहीँ प्रवुद्ध व्यक्तित्वलाई उभ्याएर समुहगत छलफल तथा कार्यक्रममार्फत बुझाउने तथा उत्प्रेरणा प्रदान गरिनेछ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवामा अगाडी रहेको डुडुवा हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको असफलताले दुःख लागेछ, यस पटक यसपटक ८० प्रतिशतमा कभरेज पुर्याउनै पर्छ।’

बिहीवार डुडुवामा पालिकास्तरीय हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा यस वर्ष अभियानलाई सफल बनाउने विषयमा जोड दिएको थियो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारण बारे प्रस्तुतीकरण गर्दै हात्तीपाइले रोगको समस्या, निदान, औषधी सेवनको फाइदालगायतका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले आफ्नै वडामा १६ औं पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियान चलाउनु परेकोमा दुख व्यक्त गर्दै भन्नुभयो, ‘म जिम्मेवार छु, तपाईहरूसँग हातेमालो गरेरै यो अभियानलाई सफल बनाउन लागिपर्छ,’ । 

डुडुवा – ३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई सफल बनाउने गरि जुनसुकै समयमा सक्रिय रुपमा परिचालित हुने प्रतिबद्धता गर्नुभयो । डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिमको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।  

यसपटकको अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उक्त अभियान सञ्चालनका लागि रु करिब ४३  लाख बढी बजेट खर्च हुनेछ । 
 

ताजा

सबै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…