Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

डेक्स

डेक्स

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी
ADVERTISEMENT

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १ मा तीन जना स्वतन्त्रसहित १६ जना, क्षेत्र नम्बर २ मा तीन जना स्वतन्त्रसहित २२ जना र क्षेत्र नम्बर ३ मा पाँच जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन वटै क्षेत्रमा शान्तिपूर्ण रुपले उत्साहजनक तरिकाले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले बताउनुभयो । 

क्षेत्र नम्बर १ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका कृष्णा केसी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का दिपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र प्रसाद पाण्डे, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिपकुमार शाह, स्वतन्त्र उम्मेदवार प्रदिप पौडेल, मंगोल नेशनल अर्गजनाइजेसनबाट फेरु लाल चौधरी, श्रम सँस्कृति पार्टीका भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापा र नेकपा एमालेका सूर्यप्रसाद ढकालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेष र जनता समाजवादी पार्टीका सरस्वती प्रसाद बर्माले उम्मेदवार दर्ता गर्नुभएको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव, जनमत पार्टीका मोहम्मद आजाद शाइ, र गोपाल प्रसाद गिरि, सौरभ जंग शाह र मनोज कुमार चौधरी रहनुभएको छ ।

सोही प्रकारले क्षेत्र नम्बर तीनका निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार उक्त क्षेत्रमा क्रमशः नेपाली कांग्रेसका अमरसिंह पुन, नेकपा एमालेका सुमन मल्ल, श्रम सँस्कृति पार्टीका ओमकार थापामगर र नेपाली कम्युनिष्ट पार्टीका कान्तुराम गौतमले उम्मेदवार दिनुभएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का चन्द्रविर कामी, स्वतन्त्र उम्मेदवार चेतबहादुर वली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारक सिंह थारु, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ती पार्टीका धु्रवराज थारु, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्ती मगर, जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, स्वतन्त्र उम्मेदवारद्धय भगवती शाह र भिमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका भुमी महतरा र  राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार उम्मेदवार दिनुभएको छ ।

साथै मंगोल नेशनल अर्गनाइजेसनका मनोज कुमार थारु, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, मितेरी पार्टी नेपालका रुपकुमार चन्द, जनता समाजवादी पार्टी नेपालका सुर्यलाल यादव, स्वतन्त्र उम्मेदवार सुर्यप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका दिपक कुमार गौरी मगरले मनोनयन दर्ता गराउनुभएको छ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…